close

खगोल विज्ञानको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दुई नेपालीले हात पारे अवार्ड

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ ९:२७

खगोल विज्ञानको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दुई नेपालीले हात पारे अवार्ड

(तस्वीरमा बायाँबाट क्रमश: अंशुराज सेढाईं र राहुल रञ्जन साह)

काठमाडौं । यस वर्ष सञ्चालित ‘ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’ मा नेपालका दुई विद्यार्थीले ‘अनरेबल मेन्सन’ अवार्ड प्राप्त गरेका छन् ।

नेपालको तर्फबाट सहभागी १४ जनामध्ये काठमाडौंको सेन्ट जेभियर्स कलेजका राहुल रञ्जन साह र कोटेश्वरको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर अंशुराज सेढाईंलेले सो अवार्ड प्राप्त गरेका हुन् ।

असोज ९ देखि कार्तिक ७ गतेसम्म सञ्चालित उक्त प्रतियोगिता व्यक्तिगत तथा सामूहिक गरी दुई विधामा सञ्चालन गरिएको थियो ।

नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

याे प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए । नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए ।

कोलोम्बियामा हुने भनिएको चौधौं ‘इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ काेभिड १९ का कारण यस वर्ष अनलाइन मार्फत प्रतियोगिता गराइएको थियो ।

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीका लागि सञ्चालित एक प्रतिभा पहिचान कार्यक्रम हो ।

सन् २०१४ देखि नेपालमा सञ्चालित प्रतियोगितामा सामेल विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा अवार्ड प्राप्त गरेर देशभित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने जानकारी पनि सोसाइटीले विज्ञप्तिमार्फत दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०