close

उत्पादन कसरी बेच्ने भन्ने विषयमा शनिबार आन्ट्रप्रेनरशिप टक हुँदै

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ ११:१

उत्पादन कसरी बेच्ने भन्ने विषयमा शनिबार आन्ट्रप्रेनरशिप टक हुँदै

काठमाडाैं । हल्ट प्राइज र नेक्स्ट जेनले श्रृंखलावद्ध रुपमा हरेक शनिबार आयोजना गर्दै आइरहेको आन्ट्रप्रेनरशिप टक सिरिजको छैटाैं श्रृंखलामा आई-जिनियसका संस्थापक एवं सीईओ टम्मी हचिन्सन सहभागी प्रमुख वक्ताका रूपमा सहभागी हुने भएका छन् ।

उनी ग्लाेबल सेन्टर फर हेल्थी वर्कप्लेसका सहनिर्देशक समेत हुन् । दिउँसाे २ बजेदेखि सुरू हुने आन्ट्रप्रेनरशिप टकमा यसपटक ‘सेलिङ याेर प्रडक्ट’ विषयमा छलफल हुनेछ ।

कार्यक्रममा मिस पिंक नेपाल २०१८ एन्जेल लामा अतिथिकाे रूपमा उपस्थित हुनेछिन् । कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०