close

लगानी खोजिरहेका व्यवसायीहरूका लागि आउँदो पुस ७ मा ‘स्टार्टअप फेस्ट’ हुँदै

टेकपाना टेकपाना

मंसिर २६, २०८० १०:४२

लगानी खोजिरहेका व्यवसायीहरूका लागि आउँदो पुस ७ मा ‘स्टार्टअप फेस्ट’ हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ) ले आगामी पुस ७ गते ‘सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३’ आयोजना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ अन्तर्गतको सीएनआईवाईइएफले उक्त कार्यक्रम गर्न लागेको हो ।

आयोजकका अनुसार नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउनु, नवीन सोच भएका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग गर्नु, ‘मेक इन नेपाल’ स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको छ ।

यस कार्यक्रमका लागि २५० भन्दा बढी स्टार्टअपहरूले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । तीमध्ये छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप कम्पनीलाई कार्यक्रममा प्रस्तुतीकरणको अवसर दिइने छ ।

सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरूले लगानीको प्रतिबद्धता जनाउने आयोजकको भनाइ छ । 

कार्यक्रममा रोबोटिक्स फुटबल, रोबो वार, लाइभ म्युजिकल कन्सर्ट जस्ता गतिविधि समेत हुने आयोजकले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १०:४३