close

ईपीएलमा काठमाडौं किंग्स इलेभेनसँग जाेडियो नोकिया

टेकपाना टेकपाना

असोज ८, २०७८ १६:५५

ईपीएलमा काठमाडौं किंग्स इलेभेनसँग जाेडियो नोकिया

काठमाडौं । नोकिया नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेभेन(केकेएक्सआई) को स्मार्टफोन साझेदार बनेको छ । प्रतियोगिता चौथो संस्करण शनिबारबाट सुरु हुँदैछ । उक्त प्रतियोगितामा नोकिया स्मार्टफोन साझेदारको रुपमा जोडिएको हो ।

फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्तालाई एक साथ ल्याउने र देशमा आफ्नो ब्रान्ड विस्तार गर्ने योजनाका साथ यो सहकार्य गरेको जनाइएको छ ।

एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवरले भने, ‘एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईसँग साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित छ ।’

केकेएक्सआईमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीका साथै नेपालका बलर सन्दीप लामिछाने रहेका छन् । जसमा केकेएक्सआईले पहिलो खेल शनिबार ललितपुर प्याट्रियट्ससँग खेल्दैछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१