close

नयाँ वर्षको उपलक्ष्यमा सामसङका टिभी, फ्रिज र वासिङ मसिन खरिदमा ३८ प्रतिशत छुट

टेकपाना टेकपाना

चैत २४, २०८० १३:९

नयाँ वर्षको उपलक्ष्यमा सामसङका टिभी, फ्रिज र वासिङ मसिन खरिदमा ३८ प्रतिशत छुट

काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले 'स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई' नामक अफर ल्याएको छ । टेलिभिजन, फ्रिज र वासिङ मसिनको खरिदमा छुट दिने गरी सामसङले यस्तो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकहरूले इन्स्टा फाइनान्सबाट शूल्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दी (ईएमआई)को सेवा समेत पाउने छन् । कुनै पनि सामसङ टेलिभिजनको खरिदमा ग्राहकले ३८ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । जसमा कुनै पनि एफएचडी, यूएचडी, क्यूलेड र फ्रेम टिभी खरिद गर्दा छुट पाइने छ । 

आफ्नो नागरिकताका आधारमै ग्राहकले ५५ इन्च वा त्यो भन्दा ठूलो टिभी खरिद गर्न सक्नेछन् । यसका लागि १८ महिनाको ईएमआई अवधि दिइने छ । ४३ इन्च वा सो भन्दा सानो टिभी खरिद गर्दा भने १२ महिनाको ईएमआई अवधि पाइने छ ।
 

टिभीसँगै साउण्डबार खरिद गर्दा समेत त्यसमा ग्राकहले छुट पाउन सक्नेछन् । साथै छानिएका सामसङको ७५ इन्चभन्दा ठूला क्रिस्टल यूएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने र एयू ७७०० मोडलका ५५ र ६५ इच्नका यूएचडी टिभी किन्दा ग्यालेक्सी ए१५ (८/१२८ जीबी) मा पाँच हजारको छुट पनि पाउनेछन् । 

त्यस्तै फ्रिज तथा वासिङ मसिनको खरिदमा ग्राहकले ३० प्रतिशत छुट पाउने लछन् । आफ्नो घरमा नयाँ वासिङ मसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकका लागि सामसङले एआई इको बबल फ्रन्ट लोड वा टप लोड वासिङ मसिन र साइड बाई साइड, कन्भर्टेबल फाइभ इन  वान लगायतका फ्रिजहरुमा क्यास ब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको हो ।

साथै ग्राहकले कुनै पनि टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा विशेष मूल्याङ्कन पाउने सामसङले बताएको छ । यसका लागि ग्राहकहरूले  अर्को स्टोर डट कम प्लेटफर्म प्रयोग गर्न सक्नेछन् । 

हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत देशैभर यो अफर २ जेठ, २०८१ सम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८० १३:९