close

पोखरामा १० मिनेटमै ‘ड्राइभिङ लाइसेन्स’, यातायातलाई पेपरलेस बनाइँदै

टेकपाना टेकपाना

असोज १६, २०७८ १०:४५

पोखरामा १० मिनेटमै ‘ड्राइभिङ लाइसेन्स’, यातायातलाई पेपरलेस बनाइँदै

पोखरा । सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन अब महिनौँ पर्खिनु नपर्न भएको छ । गण्डकी यातायात कार्यालय पोखराले परीक्षणकालीन चालक अनुमति पत्र वितरण सुरु गरेको हो ।

पोखरामा राजस्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र पाइने भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का मार्फत यो सेवा शुभारम्भ गरिएको हो ।

मन्त्री खड्काले यातायात कार्यालयलाई कागजरहित (पेपरलेस) बनाउने योजना अनुसार यो सेवा सुरु गरिएको बताए ।  उनका अनुसार यो वर्ष कागजमा भएका प्रमाणपत्रको डेटा इन्टी गर्ने काम सकिनेछ ।

‘कार्यालय पेपरलेस हुनेछ”, उनले भने, ‘अब सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने छौँ ।’ प्रदेशमा अहिले करिब ८७ हजार आवेदक नयाँ लाइसेन्सको पर्खाइमा रहेको भन्दै मन्त्री खड्काले सार्वजनिक सवारीमा जीपीएस जडान गरी कुन सवारी हो भन्ने रङ्ग लगाउन आवश्यक रहेको समेत बताए ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराका प्रमुख भरतराज काफ्लेका अनुसार अब सेवाग्राहीलाई कुनै झन्झट हुने छैन । परीक्षणकालीन लाइसेन्स पाउने पहिलो सेवाग्राही दर्पण थारूले खुसी व्यक्त गर्दै आफूले लामो समयसम्म लाइसेन्स नपाउँदा घरमा भएको मोटरसाइकलसमेत चलाउन नपाएको बताए ।

-गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५