close

एन्ड्रोइडको प्रतिस्पर्धी हार्मोनीका प्रयोगकर्ता १२ करोड नाघे

टेकपाना टेकपाना

असोज २०, २०७८ २०:४६

एन्ड्रोइडको प्रतिस्पर्धी हार्मोनीका प्रयोगकर्ता १२ करोड नाघे

काठमाडौं । एन्ड्रोइडको विकल्पका रुपमा हेरिएको ह्वावेले सार्वजनिक गरेको अपरेटिङ सिस्टम ‘हार्मोनीओएस–टु’ का प्रयोगकर्ता १२ करोड नाघेका छन् । कम्पनीका सीओओ हे गाङले हार्मोनी ओएस प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १२ करोड नाघेको बताएका हुन् ।

भदौं अन्तिमसम्म १० करोडमात्रै प्रयोगकर्ता रहेको करिब २० दिनको अवधिमा थप दुई करोड प्रयोगकर्ता जोडिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार विगत तीन महिनाको अवधिमा हार्मोनी ओएसले आक्रामक बजार विस्तार गर्न सफल भएको छ ।

पुराना डिभाइसहरूमा हार्मोनी ओएस अपडेट गर्ने प्रयोगकर्ताको संख्या पनि उत्तिकै बढेको जनाइएको छ । यसरी निरन्तर रुपमा प्रयोगकर्ता थपिने क्रम बढेसँगै कम्पनीले आफ्नो लक्ष्य ३० करोडबाट बढाएर ४० करोड पुर्‍याएको छ ।

यसका साथै कम्पनीले अबको योजना पुराना ह्वावे तथा अनर डिभाइसमा केन्द्रित हुने जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१