close

स्मार्टफोनमा फ्याक्ट्री रिसेट गर्नुअघि जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

असोज २७, २०७८ १०:५६

स्मार्टफोनमा फ्याक्ट्री रिसेट गर्नुअघि जान्नैपर्ने कुरा

काठमाडौं । स्मार्टफोन ह्याङ हुने गरेको गुनासो धेरैजसो प्रयोगकर्ताबाट सुनिने गर्छ । प्रयोगकर्ताहरु पछिल्लो समय ह्वाट्सएप लगायतका एपको प्रयोग धेरै मात्रामा गर्न थालेका छन् ।

म्यासेजको दैनिक सयौं फोटो तथा भिडियो आउँदा फोनमा इन्टरनल स्टोरेजको खपत बढ्दै जान्छ र ह्याङ हुन थाल्छ । यस्तोमा प्रयोगकर्ताले अरु कुरा नसोचेर फोनलाई फ्याक्ट्री रिसेट गरिदिन्छन् ।

यसो गर्दा फोनमा भएका सबै डेटा डिलिट हुन पुग्छन । यसरी पछि गएर पछुताउनुपर्ने अवस्था आइलाग्छ ।

आज हामी तपाईंलाई फोन फ्याक्ट्री रिसेट गर्दा महत्वपूर्ण डेटा डिलिट हुन नदिन के गर्ने भन्ने बारेमा बताउँदै छौं । जसले तपाईंलाई एउटा सानो गल्तीका कारण फोनमा धेरै नोक्सान पुग्ने अवस्थाबाट जोगाउन सक्छ ।

आफ्नो स्मार्टफोनलाई फ्याक्ट्री रिसेट गर्दा फोनको सबै डेटा डिलिट हुन्छ भन्ने कुरा नबिर्सिनुहोस् । जसबाट फोनमा रहेका एप, डेटा, सेटिङ, पासवर्ड लगायतका सबै डिलिट हुने गर्दछन् ।

फ्याक्ट्री रिसेटपछि तपाईंको फोन पहिलेकै अवस्थामा पुग्नेछ, जस्तो सुरुमा खरिद गर्दाको अवस्थामा रहेको थियो । यति मात्र होइन, यदि तपाईंले फोनमा कुनै महत्वपूर्ण सेटिङ गर्नु भएको थियो भने त्यो पनि हराउनेछ ।

यदि तपाईं फोनलाई फ्याक्ट्री रिसेट गर्दे हुनुहुन्छ भने त्यसअघि फोनमा रहेका महत्वपूर्ण डेटाको छुट्टै ब्याकअप बनाउन नबिर्सिनुहोस् । यसका लागि आफ्नो डेटा कुनै अर्को स्मार्टफोन वा ल्यापटपमसँग कनेक्ट गराएर सेभ गर्न सक्नुहन्छ ।

यस बाहेक तपाईं आफ्नो डेटा मेमोरी कार्डमा सेभ गर्न पनि सक्नुहुन्छ । सेटिङमा गएर आफ्नो फोनको डेटा मेमोरी कार्डमा ब्याकअपको रुपमा सेभ गर्ने विकल्प दिइएको हुन्छ ।

फोन रिसेट गर्ने कसरी ?

अपरेटिङ सिस्टम अनुसार फोनैपिच्छे रिसेट गर्ने तरिका पनि फरक फरक हुन्छ । सामान्यतया फोनलाई रिसेट गर्न सुरुमा सेटिङमा गएर प्राइभेसी वा ब्याकअप एन्ड रिसेट अप्सन छान्नुहोस् ।

अब त्यसमा रहेको फ्याक्ट्री रिसेटमा दबाउनुहोस् । यति गरेपछि केही बेरमै तपाईंको फोन रिसेट हुनेछ । पटक पटक फ्याक्ट्री रिसेट गर्ने कार्य भने फोनको स्वास्थ्यका लागि त्यति राम्रो मानिँदैन ।

किन भने यसबाट फोनको इन्टरनल मेमोरी कार्डमा नराम्रो असर पर्न सक्छ । त्यसैले एकदमै जरुरी अवस्थामा मात्रै फोनलाई फ्याक्ट्री रिसेट गर्ने बानी बसाल्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१