close

धेरै रोजगारी दिने कम्पनीमा सामसङ पहिलो नम्बरमा

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ १५:२४

धेरै रोजगारी दिने कम्पनीमा सामसङ पहिलो नम्बरमा

काठमाडौं । विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचिको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ ।

विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनौटमा परेका सात सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो ।

छनौटमा परेका कम्पनीमध्ये शीर्ष २० कम्पनीहरुको प्रतिष्पर्धामा सामसङ अगाडि आउन सफल भएको हो ।

फोर्ब्सले वर्षेनि सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले यस वर्ष पनि अग्रस्थान कायम गर्न सफल भएकाे हाे ।

फोर्ब्सको छनौटमा परेका शीर्ष २० कम्पनीहरुमा सामसङपछि दोस्रो स्थान आईबीएमले लिन सफल भएको छ ।

यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः अमेजन, एप्पल, अल्फावेट, डेल, ह्वावे, एडोबी, बीएमडब्लू, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरवस, डा.वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन् ।

कोरोना महामारीका कारण विश्वबजार नै अप्ठ्यारोमा परेका बेलासमेत सामसङले आफूलाई बिश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचिको पहिलो नम्वरमा राख्न सक्नुलाई महत्वका साथ हेरिएको छ ।

नेपालमा पनि दक्षिण कोरियाली इलेक्टङोनिक्स कम्पनी सामसङको महत्वपूर्ण हिस्सा रहेको छ । पछिल्लो समयमा यसका प्रयोगकर्ता झनै बढ्दै गएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१