close

भुक्तानी सेवाप्रदायक जीएमई पेको अनुमतिपत्र खारेज

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ १२:३१

भुक्तानी सेवाप्रदायक जीएमई पेको अनुमतिपत्र खारेज

काठमाडौं । अनुमति पाएको ६ महिनासम्म सेवा सञ्चालन गर्न नसकेपछि भुक्तानी सेवाप्रदायक जीएमई पेको अनुमतिपत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै जीएमई पेको अनुमति खारेज भएको बताएको हो ।

राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकको अनुमति भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) व्यवस्था अनुसार खारेज गरेको हो ।

उक्त विनियममा संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले ६ महिनाभित्र सेवा सञ्चालनमा नगरेको खण्डमा संस्थालाई प्रदान गरिएको अनुमतिपत्र स्वतः खारेज हुने भनी उल्लेख गरिएको छ ।

सोही आधारमा संस्थाले अनुमतिपत्र प्राप्त गरेको ६ महिनासम्म पनि सेवा सञ्चालनमा ल्याउन नसकेपछि कम्पनीको अनुमति खारेज भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५