close

खल्तीको ‘स्मार्ट उद्यमी’ कार्यक्रमबाट ५ हजार व्यवसायी लाभान्वित, नयाँलाई थप सुविधा

टेकपाना टेकपाना

पुस १२, २०८० १४:३८

खल्तीको ‘स्मार्ट उद्यमी’ कार्यक्रमबाट ५ हजार व्यवसायी लाभान्वित, नयाँलाई थप सुविधा

 

काठमाडौं । खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेटवेको सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यस सुविधा अन्तर्गत हाल पाँच हजारभन्दा बढी व्यवसायीहरू लाभान्वित भएका छन् भने अझै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले 'स्मार्ट उद्यमी' अफर उपलब्ध गराएको छ ।

यस सुविधा अन्तर्गत खल्ती पेमेन्ट गेटवेमा आबद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहकबाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् भने यसमा उपलब्ध अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिट को रूपमा एपीआई शुल्कमा १०० प्रतशित क्याशब्याक प्राप्त गर्नेछन् ।

यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने वस्तु जस्तै; प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पाउनेछन् । डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म सञ्चालित हुने 'स्मार्ट उद्यमी' अफर अन्तर्गत  खल्तीसँग साइनअप गरी ‘खल्ती पेमेन्ट गेट वे’ को सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै एपीआई शुल्कको भुक्तानी गर्नासाथ सेवा लिएपछि दुई कारोबारहरू पूरा गर्ने व्यवसायीहरूमध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ भाग्यशाली व्यवसायीले प्रिन्टर प्राप्त गर्नेछन् ।

यसका अतिरिक्त खल्तीको एसडीके/एपीआईमा आबद्ध भएपछि व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोतहरू जस्तै पार्टनर बैंकहरूको ई-बैङ्किङ, मोबाइल बैङ्किङ,  एससीटी/भिसा/मास्टर कार्ड, कनेक्ट आईपीएस मार्फत सरल तरिकाले भुक्तानी लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८० १४:३९