close

जेडटीई र ह्वावेमाथिको प्रतिबन्ध थप कडा बनाउँदै अमेरिका

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ ९:३६

जेडटीई र ह्वावेमाथिको प्रतिबन्ध थप कडा बनाउँदै अमेरिका

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरक्षा खतराको हिसाबले जोखिम रहेका कम्पनीहरूलाई नयाँ टेलिकम उपकरण इजाजतपत्र दिन रोक्न मिल्ने गरी बनाइएको एक कानूनमा हस्ताक्षर गरेका छन् ।

‘दि सेक्योर इक्विपमेन्ट एक्ट’ नामक उक्त कानूनले फेडरल कम्युनिकेसन कमिसनले सुरक्षाको हिसाबले जोखिमपूर्ण दाबी भएको कुनै पनि कम्पनीका आवेदन नहेर्न निर्देशन दिएको छ ।

यसको अर्थ ह्वावे, जेडटीई लगायत अन्य तीन चिनियाँ कम्पनीले अमेरिकी टेलिकम नेटवर्क प्रयोग गर्न पाउने छैनन् । यो कानूनको विधेयकलाई डेमोक्र्याट र रिपब्लिक दुवैका सिनेटरहरूले पास गरेका हुन् ।

यही मार्च महिनामा कमिसनले अमेरिकी कम्युनिकेसन नेटवर्कलाई सुरक्षित राख्न सन् २०१९ मा बनाएको कानूनलाई उल्लंघन गर्दै राष्ट्रिय सुरक्षालाई जोखममा पार्नसक्ने पाँच वटा चिनियाँ कम्पनी पत्ता लागेको बताएको थियो ।

सो पाँच वटा कम्पनीको सूचीमा ह्वावे, जेडटीई, हितरा कम्युनिकेसन कर्प, हाङझाउ हिकभिजन डिजिटल टेक्नोलोजी र जिजियाङ दाउवा टेक्नोलोजी रहेका छन् ।

यद्यपि हालसम्म कमिसनले कुनै पनि कम्पनीको आवेदन अस्वीकार गर्नुपर्ने परिस्थिति नआएको दाबी गरेको छ ।

सन् २०१८ देखि हालसम्म कमिसनले ह्वावेका करिब तीन हजार आवेदन स्वीकार गरेको छ। चीनले भने अमेरिकाले चिनियाँ कम्पनीहरूलाई दबाउन बिना प्रमाणको आरोप लगाएर राष्ट्रिय सुरक्षाको चुनौतीको नाम दिएको आरोप लगाउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३