close

३० वर्षको पखाईपछि विश्वकै ठूलो टेलिस्कोपको सफल प्रक्षेपण

टेकपाना टेकपाना

पुस ११, २०७८ १३:११

३० वर्षको पखाईपछि विश्वकै ठूलो टेलिस्कोपको सफल प्रक्षेपण

काठमाडौं । नासाले विश्वको इतिहासमा सबैभन्दा ठूलो र शक्तिशाली टेलिस्कोप ‘जेम्स वेब स्पेस टेलिस्कोप’ शनिवार सफलतापूर्वक अन्तरिक्षको कक्षमा प्रक्षेपण गरेको छ ।

३० वर्षभन्दा बढीको लामो प्रयास र पर्खाइपछि यो टेलिस्कोप सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो टेलिस्कोपलाई फ्रेन्च गुयानाबाट एरियन फाइभ रकेटको टुप्पोमा फोल्ड गरेर अन्तरिक्षमा पठाइएको हो ।

यसले हाम्रो ब्रह्माण्डको प्रारम्भिक समयको अध्ययन गर्ने बताइएको छ । पृथ्वीबाट करिब १० लाख माइल टाढा पुगेको यो टेलिस्कोपले सूर्यको वरपर आफ्नो तोकिएको कक्षमा रहेर काम गर्नेछ ।

रकेटमा फोल्ड गरेर राखिएको सो टेलिस्कोप विस्तारै खुल्दै जाने नासाले जनाएको छ । यसका लागि करिब पाँच दिन जति लाग्नेछ र जब टेलिस्कोप पूर्णरुपमा खुल्नेछ, तब यो दृश्य हेर्न लायकको हुने नासाको दाबी छ ।

यो टेलिस्कोप जति महत्त्वकांक्षी छ, त्यति नै जोखमपूर्ण पनि भएकाले सुरुको दुई/तिन हप्ता निकै नै चुनौतीपूर्ण रहने नासाले बताएको छ । त्यसपछि करिब छ महिनासम्म यसले ब्रम्हाण्डको अध्ययनको लागि आफ्ना विभिन्न उपकरणसहित तयारी गर्नेछ ।

त्यसपछि मात्र हामीले यसको कुनै परिणाम पाउनेछौं । यो टेलिस्कोपलाई ‘टाइम मसिन’ पनि भनिएको छ, किनभने यसले समय र प्रकाशको गतिसँगै यात्रा गर्नेछ ।

यात्रा गरिरहँदा यसले अर्बौं वर्षपहिले ब्रह्माण्ड कस्तो थियो भन्ने कुराको पनि यसले अध्ययन गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२