close

एक्स ल्याबको नयाँ ल्यापटप नेपाली बजारमा, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

पुस ११, २०७८ १७:३७

एक्स ल्याबको नयाँ ल्यापटप नेपाली बजारमा, यस्ता छन् मुख्य फिचर

काठमाडौं । नेपाली बजारमा एक्स ल्याब ब्राण्डको एक्स-बुक सिरिज (X-Book Series) सार्वजनिक भएको छ । आकर्षक डिजाइनमा बनाइएको मोडल एक्सएल-१५६पी विण्डोज १० मा आधारित छ, जसलाई विण्डोज ११ मा अपग्रेड गर्न सकिन्छ ।

यो ल्यापटप एक्स ल्याबको आधिकारिक बिक्रेता सागर ग्रुपले नेपाली बजारमा भित्र्याएको हो । प्रिमियम देखिने यो ल्यापटपमा इन्टेलको १०औं पुस्ताको कोर आई थ्री सीपीयूको प्रयोग गरिएको छ ।

त्यसैगरी यसमा २५६ जीबी एसएसडी स्टोरेज पनि दिइएको छ । साथै ८ जीबी डीडीआर ४ र्‍याम भेरियन्ट उपलब्ध छ, जसलाई अपग्रेड गर्न पनि सकिने कम्पनीले जनाएको छ ।

१५.६ इन्चको फुल एचडी स्क्रिन भएको ल्यापटपमा ३०० निट्सको ब्राइटनेस छ, जसले गर्दा बाहिर घामको उज्यालोमा पनि स्क्रिनलाई सजिलोसँग हेर्न सकिन्छ ।

टचप्याडमा निर्मित फिङ्गरप्रिन्ट सेन्सर र कास्परस्काई सेक्युरिटीसहित यसको डेडिकेटेड वेबक्याम शिल्डले प्रयोगकर्ताको गोपनीयता र सूचनालाई सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

यसले ५००० एमएएच ३८ वाट क्षमताको स्मार्ट लिथियम पोलिमर ब्याट्री प्रयोग गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२