close

टेक्नोको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

पुस १२, २०७८ १७:३४

टेक्नोको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं । टेक्नोले आफ्नो पहिलो फाइभजी स्मार्टफोन ‘टेक्नो पोभा’ सार्वजनिक गरेको छ । कम्पनीले ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री रहेको स्मार्टफोन बजारमा ल्याएको हो । यो फोनमा ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ ।

टेक्नो पोभा फाइभजी स्मार्टफोनको मूल्य २८९ अमेरिकी डलर अर्थात करिब ३४ हजार ६०० रुपैयाँ राखिएको छ । यद्यपि नेपाल लगायतका देशमा यो फोन कहिलेसम्म उपलब्ध हुन्छ भन्ने विषयमा स्पष्ट जानकारी आइसकेको छैन ।

टेक्नो पोभा फाइभजी स्मार्टफोनमा ६.९५ इन्चको स्क्रिनका साथै १०८०x२४६० पिक्सेलको रेजोलुसन र १२० हर्ज रिफ्रेश रेट छ । फोनमा मिडियाटेक डाइमेन्सिटी ९०० चिपसेट दिइएको छ ।

यसबाहेक स्मार्टफोनमा ३ जीबी भर्चुअल र्‍यामका साथै ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टरनल स्टोरेज उपलब्ध हुनेछ । साथै यो फोन एन्ड्रोइड ११ मा रन हुन्छ ।

टेक्नो पोभा फाइभजी स्मार्टफोनमा तीन ओटा रियर क्यामेरा सेटअप दिइएको छ । जसको मेन लेन्स ५० मेगापिक्सेलको रहेको छ ।

त्यसको साथमा २ मेगापिक्सेलको सेकेन्डरी सेन्सर र एउटा एआई लेन्स दिइएको छ ।

६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको यो स्मार्टफोनमा १८ वाटको फास्ट चार्जिङ रहेको छ । कम्पनीको दाबीअनुसार १५ मिनेट चार्ज गर्दा तीन घन्टासम्मको ब्याकअप तयार हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२