close

नेपाली आविष्कारलाई विश्वमा पहिचान दिलाउन नास्टको पहल, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

पुस २१, २०७७ १२:४१

नेपाली आविष्कारलाई विश्वमा पहिचान दिलाउन नास्टको पहल, यसरी हुनुहोस् सहभागी

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले नवप्रवर्तकहरुको आविष्कारलाई पहिचान गर्न राष्ट्रिय नवप्रवर्तन डिजिटल नेटवर्क पहलको थालनी गरेको छ । 

यसअन्तर्गत नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आइरहेका व्यक्ति र उनीहरुको आविष्कारलाई नास्टले पहिचान गर्नेछ । साथै उनीहरुको विवरण तथा योगदानको कार्यलाई संकलन र नक्साङ्कन गरी त्यसलाई देश र विदेशसम्म प्रचार गर्नेछ ।

नवप्रवर्तनको क्षेत्रमा लागेका व्यक्ति, समूह, समुदाय, निजी तथा नागरिक संगठनहरुले अन्वेषण गरेर विभिन्न चरणमा पुर्‍याएको कार्यहरुलाई यस डिजिटल नेटवर्कले ट्रयाक गर्ने नास्टले बताएको छ ।

यदि तपाईं पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा केही नयाँ काम गर्दै हुनुहुन्छ र नास्टले त्यसलाई पहिचान गरोस् भन्ने चाहनुहुन्छ भने नास्टको यस लिङ्कभित्र गएर आफ्नो कार्यलाई एड गर्नुहोस् ।  

साथै लिङ्कभित्र रहेको फर्म भरेर एड इनोभेसन बटनमा क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१