close

विद्युतीय कार बनाउन एप्पल र हुण्डाई सहकार्य गर्दै

टेकपाना टेकपाना

पुस २४, २०७७ १४:५६

विद्युतीय कार बनाउन एप्पल र हुण्डाई सहकार्य गर्दै

काठमाडौं । विद्युतीय कार निमार्णका लागि टेक जायन्ट एप्पल र कोरियन कम्पनी हुण्डाईले सहकार्य गर्ने भएका छन् । यसका लागि दुई कम्पनीबीच छलफल चलिरहेकाे छ । यो विषय अहिले प्रारम्भिक चरणमा रहेको बताइएकाे छ ।

हुण्डाईले विद्युतीय कार निमार्णको लागि अन्य कम्पनीहरुसँग पनि छलफल गरिरहेको छ । त्यही क्रममा एप्पलसँग छलफल भएको बताएको छ ।

‘एप्पलसँग प्रारम्भिक छलफल भएको हो,’ हुण्डाईले जारी गरेको स्टेटमेन्टमा भनिएको छ, ‘यो विषयमा कुनै निर्णय भएको छैन ।’

कम्पनीले एप्पलसँग भएको छलफलबारे आधिकारीक रुपमै जानकारी दिएसँगै कम्पनीको मार्केट सेयर भने २० प्रतिशतले बढेको छ ।

एप्पल पनि विद्युतीय कार निमार्ण गर्न लामो समयदेखि काम गरिरहेकाले यी दुई कम्पनीबीचकाे छलफलले पुर्णता पाउन सक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१