close

नेपाली युवा उद्यमीको कथा अन्तर्राष्ट्रिय डकुमेन्ट्रीमा

टेकपाना टेकपाना

माघ २८, २०७७ १५:०

नेपाली युवा उद्यमीको कथा अन्तर्राष्ट्रिय डकुमेन्ट्रीमा

काठमाडाैं । विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेश्नल जियाेग्राफिक डकुमेन्ट्री फिल्म्सले निर्माण गरेको वृतचित्र ‘Own The Room’ मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ ।

पाण्डे नेपालमा पहिलोपटक सरप्राइज प्लानिङ तथा गिफ्टिङ सेवा भित्र्याउने कम्पनी अफरिङ ह्यापिनेश प्रालिका सह-संस्थापक हुन् । सो कम्पनीले आफ्नो वेबसाइट मार्फत विगत ४ वर्षदेखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सरप्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ ।

एम्मी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो ।

अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लाेबल स्टुडेन्ट आन्टरप्रेनियर अवार्ड फाइनल्सका लागि प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतिस्पर्धीमध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिज्नी प्लसमा सार्वजनिक हुने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१