close

शेयर ईट, जेन्डरजस्ता एप बिनै एन्ड्रोइडमा यसरी शेयर गर्नुहोस् एप र फाइल

टेकपाना टेकपाना

फागुन १६, २०७७ १४:४१

शेयर ईट, जेन्डरजस्ता एप बिनै एन्ड्रोइडमा यसरी शेयर गर्नुहोस् एप र फाइल

काठमाडौं । स्मार्टफोनमा उपलब्ध हुने एप र गेम हाम्रो जीवनका अंश जस्तै भइसका छन् । यस्तोमा तपाईंले राम्रो एप फेला पार्नु भयो र तपाईं त्यससँग समय बिताइरहनु भएको छ भने त्यसको बारेमा हल्ला गर्ने र साथीभाइ माझ शेयर गर्ने कुरा स्वभाविक नै हो ।

यस्तोमा हामी एप शेयर गर्नका लागि विभिन्न थर्डपार्टी एप (सेयर ईट, जेन्डर लगायत) को प्रयोग गरिरहेका हुन्छौं । तर, एन्ड्रोइडले भने एउटा एन्ड्रोइड डिभाइसबाट अर्को डिभाइसमा एप शेयर गर्नका लागि इनब्युल्ट सुविधा उपलब्ध गराएको छ ।

जसको बारेमा धेरैलाई जानकारी नहुन सक्छ । यस्तोमा हामी शेयर ईट, जेन्डर लगायतका एपलाई हाम्रो महत्वपूर्ण जानकारी उपलब्ध गराइरहेका हुन्छौं । हालै मात्र शेयर ईट एपबाट ह्याकरहरुले प्रयोगकर्ताको डेटा चोरी गरिरहेको समाचार सार्वजनिक भएको थियो ।

त्यसैले यहाँ हामी तपाईंलाई एन्ड्रोइडले उपलब्ध गराइरहेका विभिन्न सहज फिचरहरुका बारेमा बताउँदै छौं । जसको मद्दतले तपाईंले आगामी दिनमा सुरक्षित रुपमा एप आदान प्रदान गर्न सक्नुहुनेछ ।

सेण्ड विथ नियर बाई

एप्पलले आईफोन, आईप्याड, म्याकका लागि उपलब्ध गराएको ‘एयरड्रप’ फिचर जस्तै एन्ड्रोइडले पनि आफ्ना प्रयोगकर्तालाई ‘नियरबाई शेयर’ फिचर उपलब्ध गराएको छ । जसमार्फत तपाईंले सहजै फाइल ट्रान्फर गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले कन्ट्याक्ट इन्फो उपलब्ध गराउनुपर्ने, एउटै नेटवर्कमा जोडिएको हुनुपर्ने जस्ता झन्झटको सामना पनि गर्नु पर्दैन । त्यसका लागि दुई ओटा डिभाइसबीचको दुरी भने नजिक हुन जरुरी छ ।

गुगल म्याप, कुनै फोटो, फाइल वा वेब लिङ्क जे पठाउन चाहनुहुन्छ, त्यसको शेयर बटनमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले नियरबाई शेयर अप्सन देख्न सक्नुहुनेछ ।

यति गरेसँगै तपाईंको फोनले नजिकै रहेको डिभाइसलाई सर्च गर्न थाल्नेछ । तपाईंले जुन डिभाइसमा शेयर गर्न खोज्दै हुनुहुन्छ, त्यसलाई सकेसम्म नजिक राख्नुहोस् ।

अर्को डिभाइसमा पपअप नोटिफिकेसन देखिनेछ, त्यसमा ट्याप गर्नुहोस् । यहाँनिर अर्को डिभाइसको ब्लुटुथ तथा लोकेसन अन छैन भने अन गर्नुपर्ने हुन्छ ।

एक पटक अर्को डिभाइस फेला परिसकेपछि उक्त डिभाइसको नाममा ट्याप गर्नुहोस् । यति गरेपछि अर्को डिभाइसबाट एसेप्ट गर्नुहोस् । अब शेयरिङको प्रक्रिया सुरु हुनेछ, जसका लागि केही सेकेन्ड मात्र लाग्छ ।

यद्यपी यो कुरा तपाईंले के शेयर गरिरहनु भएको छ भन्ने कुरामा पनि निर्भर हुन्छ । यसका साथै नियरबाई शेयरले क्रोमबुकमा समेत काम गर्ने गुगलले जनाएको छ । यस्तोमा तपाईंले क्रोम ओएस भएका ल्यापटपमा एन्ड्रोइड डिभाइसबाट नियरबाई शेयरको प्रयोग गरी डेटा शेयर गर्न सक्नुहुनेछ ।

गुगल प्ले स्टोरको शेयर

एन्ड्रोइडको गुगल प्ले स्टोरमा पनि नियरबाई शेयर फिचर उपलब्ध छ । जसमार्फत तपाईंले एप तथा गेम शेयर गर्न सक्नुहुन्छ । यो फिचर सबैभन्दा उपयुक्त छ ।

किन भने, यसमार्फत तपाईंले एपको सही फाइल नै पठाउन सक्नुहुन्छ । यसका अर्थ फाइल प्राप्त गर्नेले तत्कालै उक्त एप इन्स्टल गर्न सक्छ ।

त्यसका लागि सुरुमा तपाईंको एन्ड्रोइड फोन अथवा ट्याबमा रहेको ‘प्ले स्टोर’ एप खोल्नुहोस् । एप खोलेसँगै त्यसको बाँयापट्टी माथि रहेको ‘ह्यामबर्गर’ अर्थात तीनओटा धर्सा भएको मेनुमा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले सुरुमै ‘माई एप एण्ड गेम’ भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।

माई एप एण्ड गेममा क्लिक गरेसँगै तपाईं अपडेट अप्सनमा पुग्नुहुनेछ । त्यसको साइडमा ‘इन्स्टल’, ‘लाइब्रेरी’, ‘शेयर’ र ‘बेटा’ अप्सन देख्नुहुनेछ । त्यसमध्ये ‘शेयर’ मा क्लिक गर्नुहोस् ।

navigate to the share tab

अब त्यहाँ देखिने ‘सेन्ड’ बटमा क्लिक गरी एप पठाउने प्रक्रिया सुरु गर्नुहोस् ।

tap the send button

सेन्डमा क्लिक गर्दा गुगल प्ले स्टोरले तपाईंसँग तपाईंको लोकेशनको एक्सेस माग्नेछ । त्यहाँ रहेको ‘कन्टिन्यु’ बटमा क्लिक गरी अघि बढ्नुहोस् ।

continue to allow permissions

अब त्यहाँ तपाईंसँग लोकेसन शेयरका लागि विभिन्न विकल्प उपलब्ध हुनेछन् । त्यसमध्ये पहिलो ‘ह्वाइल युजिङ दि एप’ अर्थात एप प्रयोग गर्दा मात्रै लोकेसन शेयर गर्ने अप्सनमा क्लिक गर्नुहोस् ।

select a location permission

अब त्यहाँ तपाईंले आफ्नो मोबाइलमा इन्स्टल भएका एपको सूची देख्नुहुनेछ । त्यमध्ये तपाईंले शेयर गर्न चाहेको एप छनौट गरी प्ले स्टोरको दाँया साइड माथि रहेको ‘सेन्ड’ बटमा क्लिक गर्नुहोस् ।

select apps and tap the send icon


अब प्राप्त गर्ने व्यक्तिले गुगल प्ले स्टोरको एप खोल्नु पर्ने हुन्छ । अघि जस्तै उसले पनि शेयर अप्सनमा जानु पर्छ । त्यहाँ अब प्राप्त गर्ने व्यक्तिले भने सेन्ड नभएर ‘रिसिभ’ मा क्लिक गरी अघि बढ्नुपर्नेछ ।

recipient taps recieve

जब ‘रिसिभ’ मा क्लिक गर्नुहुनेछ त्यहाँ एप सेन्ड गर्ने व्यक्तिको डिभाइसको नाम उपलब्ध हुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।

select the receiving device

यति गरेसँगै त्यहाँ डिभाइस कनेक्टका लागि एउटा कोड स्क्रिनमा देखा पर्नेछ । उक्त कोड एप सेन्ड गर्ने व्यक्तिलाई पठाएर पठाउने व्यक्तिले उक्त कोड रोखसँगै एप सेन्ड हुनेछ ।

tap receive if the code matches

एप सेन्ड भएसँगै अब प्राप्त गर्ने व्यक्तिले सोझै त्यहीँबाट एप इन्स्टल गरी प्रयोग गर्न सक्नेछन् ।

install apps on the receiving end


यसरी तपाईंले आफ्ना साथिभाई बीचमा बिना कुनै थर्डपार्टी एपको मद्दतले एप तथा गेम पठाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४