close

सानिमाको केवाईसी अनलाइनबाटै अपडेट गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

चैत २३, २०७७ २१:२०

सानिमाको केवाईसी अनलाइनबाटै अपडेट गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । अब सानिमा बैंकको केवाईसी (नो योर कस्टमर) अपडेट अनलाइनबाटै गर्न सकिने भएको छ । बैंकले ई-केवाइसी सेवा संचालन गरेको जानकारी दिएको हो ।

नयाँ सेवा अनुसार अब सानिमा बैंकका ग्राहकले बैंकको वेबसाइटमा गएर अनलाइन केवाइसी भर्न सक्ने छन् । यसका लागि बैंकको वेबसाइटमा लग ईन गरी ग्राहकले अनलाइन केवाईसी अपडेटमा क्लिक गर्नुपर्नेछ ।

त्यसपछि आफ्नो बैंक खाता नम्बर भरेर मोबाइल नम्बर राख्नुहोस् र लगईन गर्नुहोस् । अब तपाईंको मोबाइलमा एउटा ओटीपी कोड आउनेछ, त्यसलाई राख्नुहोस् र सब्मिट गर्नुहोस् ।

त्यसपछि यसबाट तपाईंले आफ्नो व्यक्तिगत, पारिवारिक, परिचय खुल्ने, ठेगाना, कारोबार र अन्य विवरण अपडेट गरेर सब्मिट गर्नुपर्नेछ । अब केवाईसी अपडेटका लागि आवश्यक विवरण भर्नुहोस् र अगाडि बढ्नुहोस् ।

तर ल्याप्चे सहितको विवरणका लागि भने ग्राहकले नजिकैको बैंक शाखामै पुग्नुपर्ने बताइएको छ । बैंकमा नपुगेरै केवाईसी अद्यावधिक गर्न सकिने सुविधाबाट ग्राहकहरुलाई धेरै नै सहज हुने बैंकले जनाएको छ । सातै प्रदेशमा ८६ वटा शाखा, १७६ विस्तारित काउन्टर र ९६ वटा एटीएममार्फत बैंकले वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१