close

नेपालमा दूरसञ्चार उद्योगको विकासका लागि ह्वावेका ४ सुझाव

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १५:२३

नेपालमा दूरसञ्चार उद्योगको विकासका लागि ह्वावेका ४ सुझाव

काठमाडौं । सुलभ मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न नेपाल सरकारको योजनाभित्र रहेर आफूले काम गरिरहेको ह्वावे नेपालका सीईओ विलियम झाङले बताएका छन् ।

आईसीटी सप्ताह २०२१ को अवसरमा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको वेबिनारमा सीईओ झाङले आईसीटी पूर्वाधारको विकास डिजिटल नेपालको अत्यावश्यक पाटो भएको बताए ।

नेपालको डिजिटल फाउण्डेसनलाई योगदान दिन ह्वावे प्रतिबद्ध रहेकाे उल्लेख गर्दै उनले गुणस्तरीय र सुलभ ब्रोडब्याण्ड कनेक्टिभिटी तथा एड्भान्स डेटा सेन्टर निर्माण गर्न सरकार, निजी क्षेत्र तथा आईसीटी साझेदारहरुसँग मिलेर काम गरिरहेको सुनाए ।

साे अवसरमा नेपालको आईसीटी उद्योगलाई स्वस्थ र दिगोरुपमा विकास गर्न ह्वावेले ४ सुझाव प्रस्तुत गरेको थियो ।

झाङले स्पेक्ट्रमको सदुपयोग, अन्तर्राष्ट्रिय ब्याण्डविथको शुल्क घटाउन धेरै ब्रोडब्याण्ड प्रदायकसँग जोडिने, अपरेटरबीच टावरको सहप्रयोगका साथै ग्रामिण क्षेत्रमा टावर निर्माणका लागि सरकारले सहयोग गर्ने र मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्डको युजर एक्सपिरियन्सलाई सुधार गर्ने सुझाव दिएका थिए ।

साथै उनले सरकारको फाइभजी मार्गमा सुरु भएको नीतिगत पहलको स्वागत गर्दै बधाइसमेत दिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१