close

चिनियाँ प्रविधि कम्पनीमा अमेरिकी लगानी रोक्दै बाइडेन

टेकपाना टेकपाना

जेठ २१, २०७८ १५:३६

चिनियाँ प्रविधि कम्पनीमा अमेरिकी लगानी रोक्दै बाइडेन

काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानीमाथि गरेकाे प्रतिबन्धलाई विस्तार गरेकाे छ । राष्ट्रपति जो बाइडेनले अघिल्लाे ट्रम्पकाे कार्यकालमा गरेकाे निर्णयलाई निरन्तरता दिँदै चिनियाँ सैन्य र प्रविधिसँग सम्बन्धित थप कम्पनीहरूमा प्रतिबन्ध लगाएका हुन् ।

डेानाल्ड ट्रम्प प्रशासनले ३१ चिनियाँ कम्पनीमा अमेरिकी लगानीमाथि राेक लगाएका थियाे । याे सूचीमा थप कम्पनी समावेश गर्दै बाइडेनले कूल ५९ चिनियाँ प्रविधि र रक्षा कम्पनीहरुमा सैन्य सम्बन्ध र लगानी विस्तारमा रोक लगाउने निर्णय गरेका छन् ।

बाइडेनको यो आदेश अगस्ट २ देखि कार्यान्वयनमा आउने छ । सुरक्षा र मानव अधिकारकाे हवला दिँदै चिनियाँ कम्पनीमाथि अमेरिकी लगानी राेक्न यस्ताे याेजना ल्याइएकाे हाे ।

ट्रम्पले आफ्नो कार्यकालमा स्मार्टफाेन निर्माता ह्वावे, भिडिओ सर्भिलेन्स उपकरण निर्माता हिकभिजनका साथै चाइना मोबाइल, चाइना टेलिकम्युनिकेशन, चाइना युनिकमलगायत केही ठूला दूरसञ्चार कम्पनीहरूमा प्रतिबन्ध लगाएका थिए ।

राष्ट्रपति बाइडेनले अघिल्लो सरकारको योजनालाई नै निरन्तरता दिँदै थप कम्पनीमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । प्रतिबन्धित कम्पनीहरुको सूची रक्षा मन्त्रालयले सार्वजनिक गर्ने बताइएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३