close

अनलाइनबाटै यसरी लिनुहोस् बाढीको पूर्वसूचना

टेकपाना टेकपाना

जेठ २९, २०७८ १३:२०

अनलाइनबाटै यसरी लिनुहोस् बाढीको पूर्वसूचना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वसूचना सेवा सञ्चालन गरेको छ । मनसुन आगमन भइसकेकोले आजदेखि मनसुन अवधिभरका लागि बाढी पूर्वसूचना सेवा सञ्चालन सुरु गरिएको विभागले जनाएकाे छ ।

यसअन्तर्गत हरेक दिन विहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरिनेछ। बुलेटिन पढ्न विभागकाे याे वेबसाइटमा गएर नाेटिस सेक्सनमा जानुपर्छ

शनिबारकाे बाढी पूर्वानुमान बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहाेस् । साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा बाढी पूर्वानुमानबारे जानकारी लिन सकिने विभागले जनाएकाे छ ।

त्यसैगरी विभागकाे टाेल फ्रि नम्बर ११५५ मार्फत जारी हुने एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१