close

गुगल क्यालेन्डरले ल्यायो मिटिङ स्वतः अस्वीकार गर्ने फिचर

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ ९:२९

गुगल क्यालेन्डरले ल्यायो मिटिङ स्वतः अस्वीकार गर्ने फिचर

काठमाडौं । कामको सिलसिलामा हुने मिटिङले हाम्रो काम प्रभावित भइरहेको हुन्छ । कतिपय कामै नलाग्ने मिटिङमा पनि हाम्रो समय खेर गइरहेको हुन्छ । कार्यालय होस् वा घरमा एउटा काम गरिरहँदा मिटिङ गरौं भन्दै आउने प्रस्तावले हाम्रो ध्यान पनि भङ्ग हुन्छ ।

कामकाजी मानिसका लागि गुगल क्यालेन्डर निकै उपयोगी टुल हो । गुगल क्यालेन्डरमा हामी हाम्रो कार्यतालिकाहरु राख्ने गर्छौं ।

गुगल क्यालेन्डरले भर्खरै सुरु गरेको नयाँ फिचर भने कामकाजी मानिसका लागि निकै उपयोगी हुन्छ । क्यालेन्डरले अहिले ‘फोकस टाइम’ नामक नयाँ फिचर सुरु गरेको छ । याे फिचर अन गरेपछि प्रयोगकर्तालाई निश्चित समयमा आएको मिटिङको प्रस्ताव स्वतः अस्वीकृत हुन्छ ।

यो फिचरले कुनै काममा केन्द्रित हुँदा अन्य मिटिङको प्रस्ताव आउन दिँदैन । बुधवारदेखि केही प्रयोगकर्तालाई उपलब्ध हुन थालेको फोकस टाइम फिचर तत्काल सबै प्रयोगकर्ताले भने उपभोग गर्न पाउने छैनन् ।

गुगलका अनुसार गुगल वर्कस्पेश बिजनेस स्ट्याण्डर्ड, बिजनेस प्लस, इन्टरप्राइज स्ट्याण्डर्ड, एजुकेसन फन्डामेन्डलजस्ता सेवा किनेका ग्राहकले मात्र तत्काल यो फिचर प्रयोग गर्न पाउनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२