close

कोरोना विरुद्धको खोप नलाउने कर्मचारीलाई जागिरबाट निकाल्ने गुगलको चेतावनी

टेकपाना टेकपाना

पुस २, २०७८ १७:५५

कोरोना विरुद्धको खोप नलाउने कर्मचारीलाई जागिरबाट निकाल्ने गुगलको चेतावनी

काठमाडौं । गुगलले कोरोना विरुद्धको खोप नलगाउने कर्मचारीलाई जागिरबाट निकाल्ने चेतावनी दिएको छ । 

कम्पनीले आफ्ना अमेरिकी कर्मचारीलाई कोरोनाको खोप अनिवार्य भएको बताउँदै आन्तरिक परिपत्र जारी गरेको छ । परिपत्रमा आफ्नो सम्बन्धित कार्यालयमा खोप लगाएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने भनिएको छ । 

यदि कुनै कर्मचारीले खोप लगाउन अटेर गरेमा बेतलबी बिदामा राख्ने र पछि जागिरबाट निकाल्न सक्ने कम्पनीले जनाएको छ । 

आफ्नो कार्यक्षेत्रलाई सुरक्षित राख्दै सेवा सञ्चालन गर्न खोप आवश्यक भएको कम्पनीले जनाएको छ । 

कम्पनीले आफ्ना कर्मचारीलाई खोप लगाएको प्रमाण पेश गर्न २०२२ को जनवरी १८ तारिखसम्मको समय दिएको छ । 

उक्त समयसम्म खोप नलगाएमा गुगलले आफ्नो कर्मचारीलाई ३० दिनको बेतलबी बिदा दिने र त्यसपछि कामबाट नै निकालिदिने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२