close

अर्नाल्टलाई उच्छिन्दै पुन: विश्वकै धनी व्यक्ति बने एलन मस्क, के जोगाउलान् आफ्नो शिर्ष स्थान ?

टेकपाना टेकपाना

मंसिर २४, २०७९ १३:३४

अर्नाल्टलाई उच्छिन्दै पुन: विश्वकै धनी व्यक्ति बने एलन मस्क, के जोगाउलान् आफ्नो शिर्ष स्थान ?

काठमाडौं । विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा एलन मस्क पुन: शिर्ष स्थानमा उक्लेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको रिपोर्टका अनुसार चर्चित फेसन ब्रान्ड लुइ भितोनका मालिक अर्नाल्टलाई टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कले एकदिनमै उछिनेका हुन् ।

यसअघि लामो समयदेखि धनाड्यको शीर्ष स्थानमा रहेका मस्कको सम्पत्ति लगातार ओरालो लागेको थियो । दुई सय १४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको मस्कको सम्पत्ति बिहीबार १८५.४ अर्ब डलरमा झरेको थियो । तर, मस्कको सम्पत्ति दुई दिनमा १.९९ प्रतिशतले बढ्दा उनी पुनः धनाड्यको शीर्ष स्थानमा उक्लिएका हुन् । 

नेपाली समय अनुसार शनिबार एक बजेसम्म एलन मस्कको सम्पत्ति १८८.७ अर्ब डलर पुगेको छ । यता अर्नाल्टको कुल सम्पत्ति १८७.३ अर्ब डलर पुगेको छ । बर्नार्डको सम्पत्ति बृद्धी दर एकनासको छ । अर्थात् पछिल्लो समय बर्नार्डको सम्पत्ति लगातार बढिरहेको छ । तर, मस्कको सम्पत्ति भने असाधारण तवरबाट घट्ने र बढ्ने भइरहेको छ । 

फोर्ब्सका अनुसार लुइ भितोनको शेयर बढ्दा अर्नाल्टको सम्पत्ति लगातार बढिरहेको छ । तर, यता टेस्लाको शेयर घट्ने र बढ्ने भइरहँदा मस्कको सम्पत्ति पनि घट्ने र बढ्ने भइरहेको हो । २०२२ मा मात्र टेस्लाको शेयरमा ५६ प्रतिशतले गिरावट आएको छ । ट्वीटर प्रयोग गर्दै आफ्नो कम्पनीको शेयर बढाउने मस्कको रणनीतिले यसपटक टेस्लामा ठूलो असर गरेको छ ।

 

२०२१ को नोभेम्बरमा मस्कको कूल सम्पत्ति ३४० अर्ब पुगेको थियो ।​ ट्वीटरको शेयर खरिदका लागि ४४ अर्ब डलर जम्मा गर्न मस्कले हालसालै टेस्लाको चार अर्ब डलर बराबरको स्टक बेचेका थिए । मस्कले ट्वीटर खरिद गरेर कम्पनीका कर्मचारलाई बर्खास्त गर्न थालेपछि विज्ञापनदाता थप चिन्तित बनेका छन् । मस्कको सम्पत्ति कतिबेला घट्ने र बढ्ने हुन्छ भन्ने कुरा अनुमान गर्नै सकस परेको छ ।

किनभने उनले आफ्नो अधिकांश सम्पत्ति निजी कम्पनीमा लगानी गरेका छन् । बर्नार्डलाई पछि पार्दै मस्क संसारको सबैभन्दा धनी व्यक्ति बन्दा भारतका गौतम अदानी तेस्रो धनीका रूपमा छन् । उनलाई अमेजनका मालिक जेफ बेजोसले पछ्याइरहेका छन् । 

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ १४:४४