close

आईफोन फोर्टिनमा पन्चहोल डिस्प्ले हुने

टेकपाना टेकपाना

पुस २०, २०७८ १०:३९

आईफोन फोर्टिनमा पन्चहोल डिस्प्ले हुने

काठमाडौं । यती बेला आईफोन फोर्टिन निकै चर्चामा छ । एप्पलको आगामी प्रोडक्ट आईफोन फोर्टिन कस्तो हुनेछ ? फोनको डिजाइन र प्रयोग हुने नयाँ प्रविधि सबैको लागि चासोको विषय हो ।

यसै बिच एप्पलले आफ्नो आगामी आईफोन सिरिजमा पन्चहोल डिस्प्ले प्रयोगमा ल्याउने विषय बाहिरिएको छ । हुन त यसअघि देखि नै आईफोन फोर्टिन मा पन्चहोल डिस्प्ले आउने हल्ला भने चली रहेको थियो ।

तर, यती बेला भने एप्पलका उत्पादनहरूको विज्ञका रुपमा परिचित ब्लुमबर्गका सम्पादक मार्क गर्मनले यो विषय सार्वजनिक गरेका हुन् । उनले आफ्नो पावर अन न्युजलेटर पडकास्टमार्फत एप्पलको आउँदो प्रोडक्ट आईफोन फोर्टिनमा पन्चहोल डिस्प्ले राख्ने जानकारी दिएका हुन् ।

त्यतिमात्रै नभएर एप्पलले नयाँ डिजाइन युक्त म्याकबुक एयर, एम२ चिप र २०२२ आईप्याड प्रोका लागि वायरलेस चार्जिङ ल्याउने तयारी गरिरहेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२