close

साइबर हतियारको रुपमा भारतले जासुसी सफ्टवेयर ‘पेगासस’ किनेको खुलासा

टेकपाना टेकपाना

माघ १६, २०७८ १०:५६

साइबर हतियारको रुपमा भारतले जासुसी सफ्टवेयर ‘पेगासस’ किनेको खुलासा

काठमाडौं । भारतले सन् २०१७ मा साइबर हतियारको रुपमा जासुसी सफ्टवेयर पेगासस खरिद गरेको पाइएको छ । टेलिफोनमा हुने व्यक्तिगत कुराकानीलाई रेकर्ड गर्नसक्ने यो सफ्टवेयर इजरायली कम्पनी एनएसओ ग्रुपले बनाएको हो ।

भारतले सन् २०१७ मा एनएसओ ग्रुपसँग दुई अर्ब अमेरिकी डलरमा यसलाई खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले जनाएको छ ।

यसअघि भारतका धेरै प्रतिष्ठित व्यक्तिहरू यसको शिकार बनेका थिए । जसमा भारतका लागि नेपालका तत्कालीन राजदूत निलाम्बर आचार्य समेत यसको शिकार बनेका थिए ।

यस्तोमा हालै जारी भएको ‘दी ब्याटल अफ वर्ल्ड मस्ट पावरफूल साइबरवेपन’ प्रतिवेदनले यो सन् २०१७ देखि नै भारतमा प्रयोगमा आएको देखाएको हो ।

त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको इजरायल भ्रमणको क्रममा रक्षा सम्झौताको रुपमा पेगासस खरिद गरेको पाइएको छ ।

मिलिट्री–ग्रेड सफ्टवेयरको रुपमा खरिद भएको पेगाससलाई सोफिस्टिकेटेड तथा इन्टिलिजेन्स वेपनको रुपमा दुई अर्ब डलरको प्याकेजमा सम्झौता भएको खुलेकाे हाे ।

भारतका साथै अमेरिका, मेक्सिको, साउदी अरेबिया, पोल्याण्ड, हंगेरीलगायतका देशले पनि यो सफ्टवेयर खरिद गरेको प्रतिवेदनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५