close

डिजिटल लर्निङ डेमा विभिन्न कार्यक्रम गर्दै निमा एकेडेमी

टेकपाना टेकपाना

फागुन ५, २०७८ १६:३०

डिजिटल लर्निङ डेमा विभिन्न कार्यक्रम गर्दै निमा एकेडेमी

काठमाडौं । डिजिटल शिक्षामा काम गर्दै आएको निमा एकेडेमीले ‘डिजिटल लर्निङ डे’ को अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक वर्ष फेब्रुअरी २२ का दिन विश्वभर डिजिटल शिक्षालाई बढवा दिन ‘डिजिटल लर्निङ डे’ आयोजना हुँदै आएको छ ।

यो वर्ष ‘डिजिटल शिक्षाका लागि सँगसँगै’ भन्ने नाराका साथ यो दिन मनाउने तय भएको छ । सोही अवसर पारेर निमा एकेडेमीले पनि नेपालमा डिजिटल शिक्षा सँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने भएको हो । ‘अबको परिवर्तन, डिजिटल शिक्षा सँगै’ भन्ने नाराका साथ निमाले नेपालमा अनलाइन मार्फत विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रम फेब्रुअरी २२ अर्थात फागुन १० गते देखी १४ गतेसम्म आयोजना हुने जनाइएको छ । कार्यक्रममा डिजिटल शिक्षाको महत्व लगायतका विषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ । साथै स्टोरी सेयरिङ तथा विभिन्न रचनात्मक कार्यक्रम पनि यसै बिच आयोजना हुने जनाइएको छ ।

जसमा सहभागीले विभिन्न उपहार समेत प्राप्त गर्नेछन् । साथै सोही कार्यक्रममार्फत छात्रवृति समेत घोषणा गर्ने तयारी भएको कम्पनीले जनाएको छ । पछिल्लो समय नेपालमा बढ्दो डिजिटल उपयोग र डिजिटल शिक्षालाई मध्यनजर गर्दै कम्पनीले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

कम्पनीको सन् २०१९ देखी नेपालमा यो कार्यक्रम गर्दै आएको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गरिने यो कार्यक्रमले नेपालमा डिजिटल शिक्षालाई विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२