close

एलन मस्क, जसले समय अभावका कारण हनिमुन रद्द गरे

टेकपाना टेकपाना

फागुन १६, २०७८ १६:७

एलन मस्क, जसले समय अभावका कारण हनिमुन रद्द गरे

काठमाडाैं । चिरिज ग्रोसरले भनेका थिए, “सफलता आफैं आउँदैन, यसलाई तपाईं स्ययंले सिर्जना गर्नुपर्ने हुन्छ ।’ एलन मस्कले यो भनाइलाई गम्भीरतापूर्वक लिए । त्यसैले आज उनी संसारको सबैभन्दा धनी व्यक्तिको रूपमा स्थापित भएका छन् ।

संघर्षबाटै सफलताको उचाइ चुमेका मस्कले सानै उमेरमा उत्कृष्टता हासिल गरे । सफलताको यो यात्रामा उनले निकै तिता मिठा पलहरू सामना गर्नुपर्‍यो ।

जिम्मी सोनीद्वारा लिखित ‘द फाउन्डर्स: द स्टोरी अफ पेपाल एण्ड इन्टरप्रेनर्स हु सेप्ड सिलिकन भ्याली’ ले एलन मस्क लगायत अन्य उद्यमी, जसले सिलिकन भ्यालीलाई नयाँ उचाइ दिए, उनीहरूको सफलताबारे खुलस्त पारेको छ ।

जसमा एलन मस्कको स्टार्टअप कम्पनी एक्स डटकमदेखि पेपाल, टेस्टा, स्पेसएक्स हुँदै स्टारलिङ्कसम्मको यात्रा समेटिएको छ । आफ्नो प्रतिद्वन्दी कन्फाइनिटीमा संलग्न रहेको भन्दै स्टार्टअप कम्पनी एक्स डटकमबाट  एलन मस्कले ५० जना कर्माचारीलाई निकालेको कुरा नयाँ पुस्तकले खुलासा गरेको छ ।

कन्फाइनिटिका सह-संस्थापक अर्बपति हेज फण्ड र ट्रम्पका पूर्व सल्लाहकार पिटर थाइलले आफ्ना कार्मचारीको बर्थडे केकमा “डाइ एक्स डटकम” लेखेका थिए । जसले गर्दा उनीहरूले आफ्नो प्रतिद्वन्दी एक्स डटकमलाई कति घृणा गर्थे भन्ने स्पष्ट हुन्छ ।

दुवै आपसी प्रतिद्वन्दी कम्पनी कन्फाइनिटी र एक्स डटकम मर्ज भएर पछि पेपालको रुपमा रिब्रान्ड भए । रिब्रान्ड भइसकेपछि त्यहाँ काम गर्ने कर्मचारीले निकै संघर्ष गर्नु पर्‍यो ।

त्यसबेला पेपालमा काम गर्ने कर्मचारीको अवस्था दयनीय थियो । पेपालका कर्मचारीले एक शिफ्टमा करिब ३६ घण्टा काम गर्नुपर्थ्यो । कामको अवधिमा उनीहरू कतै जान पाउँदैनथे । निन्द्रा लागेको बेला डेस्कमुनी सुत्नुपर्थ्यो ।

आफूलाई जागा राख्न उनीहरू सम्भव भएसम्मका सबै उपाय अपनाउँथे । घरमा बालबच्चा हुनेहरूले विकेन्ड (सप्ताहन्त) मा आफ्ना बालबच्चा साथमै ल्याएर आउँथे । यति संघर्षशील मस्कको त्यो कार्यले उनलाई टेस्ला र स्पेस एक्ससम्मको यात्रामा डोर्‍याउँदै थियो ।

उनी यति व्यस्त हुन्थे कि उनले सन् २००० मा आफ्नी पहिलो श्रीमतीसँगको हनिमुन रद्द गर्नु परेको थियो । पछि उनले पुनः यात्राका लागि तालिका बनाए । त्यसबेला पनि समय अभावका कारण उक्त यात्रा रद्द गरेर सहयोग संकलनमा लागे ।

सन् २००२ मा एक अर्ब डलरभन्दा पनि कम शेयर मूल्य रहेको पेपाललाई अगाडि बढाउन मस्क र थाइलले के कस्ता उपायहरू निकाले भन्ने कुरा सोनीको यो पुस्तकमा बिस्तृत रूपमा पढ्न पाइन्छ ।

पेपालको अहिलेको शेयर मूल्य १२२ खर्ब डलर पुगेको छ भने मस्क स्वयंको व्यक्तिगत सम्पत्ति २४९ अर्ब अमेरिकी डलर छ । सन् १९७१ मा दक्षिण अफ्रिकामा जन्मेका एलन मस्क ८० को दशकमा बसाइँसराइ गरेर क्यानडा गए ।

उनले त्यहीँको विश्वविद्यालयबाट भौतिक शास्त्र अध्यन गरे । कम्प्युटरमा उनको यस्तो लगाव थियो कि उनले १३ वर्षको उमेरमा आफैँले कोडिङ गरेर विकास गरेको ब्लास्टर नामक गेम बिक्री गरेका थिए ।

अरूसँग बोल्न लजाउने एलन मस्क एकपटक सिलिकन भ्यालीको जागिर छल्न नेटस्केपको लबीमा लुकेर बसेका थिए ।

‘त्यो बेला म अरूसँग बोल्न डराउँथेँ । मसँग कुरा गर्ने कोही छ कि भनेर यताउती खोज्थेँ । तर कोही भेटिँदैनथे । मसँग बोल्ने कोही नभएपछि मैले त्यो ठाउँ छोडेँ,’ मस्कले एक अन्तवार्तामा भनेका छन् ।

एलन मस्कले क्यालिफोर्नियाको पालोमा एक कार्यालय भाडामा लिए । त्यही समयमा आफ्नो भाइ किम्बलसँग मिलेर उनले एउटा कम्पनी खोले । उनी त्यही कार्यालयमा सुत्ने गर्थे । वाईएमसीए नजिकैको ठाउँमा गएर नुहाउँथे ।

उनीहरूले त्यस कम्पनीलाई जिप टु नाम दिएका थिए । जसको उद्देश्य मिडिया कम्पनीलाई बढावा दिनु थियो । त्यसैमा केन्द्रित रहेर उनीहरूले काम गरिरहे ।

सन् १९९९ मा कम्प्याक कम्प्युटरले सञ्चालन गरेको डटकम बूम ३०७ मिलियन डलरमा एलन मस्कले किने । २७ वर्षको हुँदा उनले २१ मिलियन डलरमा एउटा घर किनेका थिए । यति सम्पन्न हुँदा पनि उनलाई त्यहाँ बस्न उपयुक्त लागेन, त्यसपछि भएको सबै सम्पति उनले एक्स डटकममा लगानी गरे ।

एक्स डटकमको मुख्य उद्देश्य नै अनलाइन मार्फत सुपरमार्केटमा आर्थिक कारोवार गर्ने थियो । त्यही प्रोजरक्टले आफ्नो  समयमा निकै क्रान्तिकारी सावित भयो ।

त्यस कार्यालयमा कार्यरत अन्य इन्जिनियरका लागि खाली समय कत्ति पनि हुँदैनथ्यो । गाडी बिग्रको बखत समय अभावका कारण त्यही गाडी हप्तौं त्यही अवस्थामा चलाउन पर्थ्यो ।

एक्स डटकम र कन्फाइनिटीले आफूहरूलाई गम्भीर प्रतिद्वन्दी देख्न थाले । बेलाबखतमा हुने उतारचढावले उनीहरू कोभन्दा को सफल भन्ने कुरा आँकलन गर्थे । एकपटक कन्फाइनिटीमा एक कर्मचारिको जन्मदिनमा ‘डाइ एक्स डटकम’ लेखिएको केक प्रयोग गरेका थिए ।

त्यो थाहा पाएपछि एलन मस्कले ति कर्मचारीलाई “किल देम डेड. डाइ डाइ. डाइ.” लखेर मेल पठाएका थिए । जसबाट उनीहरू कस्तो प्रतिद्वन्दी थिए भन्ने पुष्टि हुन्छ ।

एक आपसमा कडा प्रतिष्पर्धा भए पनि त्यो धेरै समय टिकेन । यदि आफूले दुई कम्पनी मर्ज नगरे दुवैको अस्तित्व धरापमा पर्छ भन्ने महसुस गरे । आफ्ना कम्पनीको अस्तित्व बचाउन दुवैले आफ्ना कम्पनी एक आपसमा मर्ज गर्ने निर्णय गरे ।

कम्पनी मर्ज गर्ने सम्झौता गरिसकेपछि उनीहरूले नयाँ कम्पनीको नाम पेपाल राखे । पेपाल राख्नुअघि थाइलले मस्कले प्रस्ताव गरेका जापियो (Zapio), मो मो (MoMo), क्याचेट (Cachet) र बिज्रारे इमनीबिम (Bizarre eMoneyBeam) जस्ता नामहरू अस्वीकार गरेका थिए ।

इन्टरभ्यु दिन आएको बेला पेपालकी एक कर्मचारीले डेस्कमुनी स्लिपिङ ब्याग राखेको देखिन् । पहिले स्लिपिङ ब्याग त्यहाँ किन राखिएको होला भन्ने लागेको थियो । पछि एक शिफ्टमा ३६ घण्टा काम गर्दा पो त्यो राख्नुको अर्थ थाहा पाइन ।

स्टाफहरू कहिले डेस्कमा सुत्न पर्थ्यो भने कहिले कन्फेरन्स रूममा सुत्न पर्थ्यो । एलन मस्क विहान चार बजेसम्म काम गर्थे । केही समय सुतेर ६:३० मा कार्यलयमा आउने कर्मचारीभन्दा अघि नै उठेर फेरि काम गर्न व्यस्त हुन्थे ।

उनको कार्यालयमा सबैभन्दा बढी बिल आउने सामानमध्येको कफी पनि एक थियो । कफी पिउँदा निन्द्रा कम लाग्ने भएकाले त्यहाँ सबैभन्दा बढी कफी खपत हुन्थ्यो ।

उनले यस्तो प्रणाली ल्याएका थिए, जसमा कोड थिच्नासाथै ‘पुश इट’ को सल्ट एन पेपा’ गीत बज्थ्यो जसले गर्दा कर्मचारी प्रेरित हुन्थे । घरमा समय दिन नसकेकाले एक पुरुषले आफ्नी आठ वर्षीया छोरीलाई कार्यालयमा लिएर गएका थिए ।

यसले गर्दा के अनुमान गर्न सकिन्छ भने उनको कार्यालयमा काम गर्ने कर्मचारीसँग निकै कम समय हुन्थ्यो । पेपालले चेस च्याम्पियन, पज्जल च्याम्पियन र हाइ स्कुल ड्रपआउटहरूलाई कार्मचारीका रूपमा राख्ने गर्थ्यो ।

विलक्षण मान्छेहरूका विलक्षण व्यवहार भनेझैँ पेपालका एक इन्जिनियर आफ्नो पैतलाको नङ डेस्कमा अड्काएर हटाउने गर्थे । एकपटक थाइल बोर्डमा हुँदा मस्कले एक मिलियन डलरको सिल्भर एमसीलरेन एफ वान कार बाटोमा पल्टाएका थिए ।

दुवैले सिट बेल्ट लगाएका थिएनन् । त्यही पनि दुवै सकुसल त्यहाँबाट निस्किन सफल भए । कार दुर्घटनामा दुवै बाँचे तर कार मर्मतको खर्च निकै धेरै निस्कियो । त्यस्तो दुर्घटना हुँदा पनि मस्ले इन्सोरेन्स गर्ने कष्ट गरेनन् ।

कामप्रति निकै लगाव भएका मस्कले जनवरी २००० मा आफ्नो लामो समयकी प्रेमिका जस्टिन विल्सनसँग बिहे गरे । तर समय अभावका कारण उनी त्यो बेला हनिमुनमा जान पाएनन् ।

पछि समर ओलम्पिक्समा यात्रा गर्ने भनेर सेप्टेम्बरमा घुम्ने योजना बनाई सो कुरा टुङ्गाए । मस्कको पहिलो वैवाहिक सम्बन्ध आठ वर्षसम्म चल्यो । पहिलो श्रीमतीबाट उनका पाँच सन्तान भए ।

बाहिर रहेका आफ्ना धनी लगानीकर्तालाई भेट्ने योजना बनाई अहिले उनी अष्ट्रेलियाकी नायिका नताशा बसेटसँग डेट गरिरहेका छन् ।

एकपटक विल्सनले मस्कलाई भनिन्, ‘म तिम्री श्रीमती हुँ, कर्मचारी होइन । त्यसपछि मस्कले जवाफ दिए, ‘यदि तिमी मेरो कर्मचारी भएको भए मैले तिमीलाई उहिल्यै निकाली सक्थे ।’

पहिलो श्रीमतीसँग हनिमुनमा गएपछि कम्पनी गलत दिशातिर गएको भन्दै थाइलद्वारा मस्कलाई सीईओबाट हटाइयो । मस्कले दुई दशकपछि आफू त्यहाँ नभएको बेला नियोजित ढङ्गले आफूलाई हटाउनु थोरै प्रशंसनीय भएको दावी गरे ।

त्यही पनि उनको थाइलसँग राम्रै सम्बन्ध थियो । थाइलकै सहयोगमा स्पेस एक्स प्रक्षेपण गर्दा कोषबाट २० मिलियन रकम मिल्यो ।

सन् २०१५ मा एक टेलिभिजन कार्यक्रममा मस्कले आफूलाई भ्याकेसन ‘श्राप’ भएकाले हप्तामा दुई पटक मात्र भ्याकेसन लिने बताएका थिए । हुन पनि जब जब उनी भ्याकेसनमा हुन्थे, उनले केही न केही गुमाइरहेका हुन्थे ।

उनी विदामा हुँदा पहिलो पटक उनको अर्विट साइन्स रहेक विष्फाेट भयो । सोही हप्ता रिचार्ड ब्रान्सनको भर्जिन गलाक्टिक रकेट विष्फाेट भएको थियो । अर्को पटक मस्कको आफ्नै रकेट विष्फाेट भयो । त्यसपछि मस्कले भ्याकेसन बहिस्कार गरे ।

Elon-musk-techpana

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३