close

गुगल प्ले स्टोरमा भेटियो बैंकिङ जानकारी चोरी गर्ने माल्वेयरयुक्त एप

टेकपाना टेकपाना

फागुन २२, २०७८ ९:१९

गुगल प्ले स्टोरमा भेटियो बैंकिङ जानकारी चोरी गर्ने माल्वेयरयुक्त एप

काठमाडौं । गुगल प्ले स्टोरमा प्रयोगकर्ताको बैंकिङ जानकारी चोरी गर्ने ‘टिबुट’ बैंकिङ ट्रोजन रहेको एप फेला परेको छ । जसमार्फत प्रयोगकर्ताको मोबाइल तथा इन्टरनेट बैंकिङ पासवर्ड, युजरनेम, ईमेल लगायतका महत्त्वपूर्ण जानकारी संकलन भइरहेको जनाइएको छ ।

‘टिबुट’ बैंकिङ ट्रोजन सहितको एप हजारौं प्रयोगकर्ताले डाउनलोड गरिसकेको अध्ययनले देखाएको छ । क्यूआर कोड एण्ड स्क्यानर नामक यो एप दश हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

उक्त एपमार्फत ‘टिबुट’ बैंकिङ ट्रोजन फैलिरहेको अध्ययनले देखाएको हो । अध्ययनका अनुसार ‘टिबुट’ बैंकिङ ट्रोजन पहिलो पटक सन् २०२१ मा फेला परेको थियो ।

बैंकिङ डेटा संकलन गर्ने एपको रुपमा देखा परेको यो एप निकै प्रभावकारी रहेको जनाइएको छ । एसएमएसमा आधारित यो ‘टिबुट’ बैंकिङ ट्रोजनले प्रयोगकर्तालाई म्यासेजमार्फत कोड पठाएर प्रयोगकर्ताको डिभाइसमा पहुँच बनाउने गरेको उल्लेख छ ।

पहिलो चरणमा अमेरिकीमा भेटिएको यो एप पछिल्लो समय युरोप, हङ्गकङ, रुस लगायतका देशका प्रयोगकर्तालाई निशाना बनाइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२