close

तपाईंका लागि कुन माइक्रो एसडी कार्ड उपयुक्त ?

टेकपाना टेकपाना

चैत ३, २०७८ १०:२६

तपाईंका लागि कुन माइक्रो एसडी कार्ड उपयुक्त ?

काठमाडौं । हामीले प्रयोग गरिरहने डिभाइसमा डेटा र फाइल धेरै हुँदा स्टोरेज स्पेस कम हुने समस्या आइरहेको हुन्छ । जसको विकल्पमा माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।

आज हामी आफ्नो स्मार्टफोन वा ट्याब्लेटमा कस्तो माइक्रो एसडी कार्ड उपयुक्त हुन्छ भन्ने विषयबारे चर्चा गर्दै छौं । माइक्रो एसडी कार्ड धेरै समय पहिलेदेखि सबैको रोजाइमा परेको छ ।

आफ्ना फाइल तथा डेटा बारफोन, स्मार्टफोन वा ट्याब्लेटमा सहजै भण्डारण गर्न सकिने भएकाले प्रायः प्रयोगकर्ताले आफ्नो डिभाइसमा माइक्रो एसडी कार्ड प्रयोग गरिरहेका हुन्छन् ।

केही सामान्य डिभाइस, जसमा इन्टर्नल स्टोरेज कम छ, त्यसमा त झन् माइक्रो एसडी कार्ड अपरिहार्य नै बनिसकेको छ । तर, कतिपय अवस्थामा माइक्रो एसडी कार्डमा समस्या आउँदा त्यसमा भएका सम्पूर्ण डेटा वा फाइल हराउने सम्भावना धेरै हुन्छ ।

माइक्रो एसडी कार्डमा समस्या आउनुमा केही दोष फोन वा ट्याब्लेटमा उपयुक्त हुने माइक्रो एसडी कार्ड प्रयाेग नगर्नुमा पनि जान्छ । त्यसैले डिभाइस अनुसारको माइक्रो एसडी कार्ड प्रयोग गर्नु निकै आवश्यक हुन्छ ।

अहिले बजारमा कतिपय यस्ता स्मार्टफोन वा ट्याब्लेट आइसकेका छन्, जसले माइक्रो एसडी कार्ड सपोर्ट नै गर्दैन । यदि तपाईं आईफोन वा आईप्याड प्रयोगकर्ता हुनुहुन्छ भने त यसबारे केही चिन्ता लिनै परेन ।

केही यस्ता उत्कृष्ट स्मार्टफोन र ट्याबेट छन्, जसले माइक्रो एसडी कार्ड सपोर्ट गर्छन् । स्मार्टफोनको मामलामा पनि यदि तपाईंसँग समासङ ग्यालेक्सी एस२२ अल्ट्रा फोन वा सामसङको नयाँ फ्ल्यागशिप छ भने यी डिभाइसले माइक्रो एसडी कार्ड सपोर्ट गर्दैनन् ।

आफ्ना फाइल तथा डेटा बिना कुनै जोखिम लामो समयसम्म आफ्ना डिभाइसमा भण्डारण गर्न डिभाइसलाई उपयुक्त हुने माइक्रो एसडी कार्ड प्रयोग गर्नु निकै नै आवश्यक हुन्छ । कस्ता डिभाइसका लागि कुन माइक्रो एसडी कार्ड उपयुक्त हुन्छ भन्नेबारे तल उल्लेख एसडी कार्डको जानकारी पढ्नुहोस्;

१. नेटाक ३२ जीबी (Netac 32 GB)

नेटाक केही मुख्य ब्रान्डको नभए पनि यो सबैका लागि उपयुक्त हुन सक्छ । यदि तपाईं आफ्नो स्मार्टफोन वा ट्याब्लेटबाट समय समयमा माइक्रो एसडी कार्ड निकाली रहने गर्नुभएको छ भने नेटाक ३२ जीबीको यो माइक्रो एसडी कार्ड तपाईंका लागि सबैभन्दा विश्वसनीय हुन्छ ।

32GB Netac P500 microSDHC CL10 UHS-I Memory Card w/ SD Adapter

यो माइक्रो एसडी कार्ड घाम, पानी, चिसो र विद्युतीय झट्काबाट केही असर नपर्ने गरी निर्माण गरिएको हुन्छ । यस कार्डमा ९० एमबीपीएस सम्मको रिड स्पिड र १० एमबीपीएस सम्मको राइट स्पिड रहेको छ ।

२. स्यानडिस्क एक्सट्रिम ३२ जीबी (SanDisk Extreme 32 GB)

स्यानडिस्क एक्सट्रिम ३२ जीबी एसडीएचसी कार्ड तीव्र गति हुने माइक्रो एसडी कार्डका रूपमा परिचित छ । यसमा १०० एमबीपीएस सम्म्को रिड स्पिड छ भने ६० एमबीपीएस सम्मको राइट स्पिड छ ।

Buy Micro-SDXC Memory Card SanDisk Extreme 32GB | Louis motorcycle clothing  and technology

यो कार्ड टिकाउ हुने भएकाले प्रायः धेरै क्षेत्रमा यसमा लाइफ टाइम वारेन्टी दिइएको छ । १०८० पिक्सेल, फोरके पिक्सेल वा सोभन्दा बढी क्षमताका भिडिओमा केही समस्या नआउने भएकाले आवश्यकता अनुसार यसलाई किन्न सक्नुहुन्छ ।

यूएचएस स्पिड क्लास ३, भी३० र एवानबाट एडप्टेवल स्टोरेजमा प्रमाणित भएको यो माइक्रो एसडी कार्ड handy SD adapter सँग उपलब्ध छ ।

३. सामसङ एभो प्लस ६४ जीबी

यूएचएस ३ का रूपमा मूल्याङ्कन गरिएको यस माइक्रो एसडी कार्डमा १०० एमबीपीएस सम्मको राइट स्पिड क्षमता छ । यो टिकाउ र भर्पर्दो भएकाले यसले धेरै सकारात्मक प्रतिक्रिया पाएको छ ।

EVO Plus microSDXC Memory Card 64GB Memory & Storage - MB-MC64HA/AM |  Samsung US

यो माइक्रो एसडी कार्ड तीव्र क्षमताको भएकाले यसमा १०८० पिक्सेलको भिडिओ रेकर्ड गर्दा कुनै समस्या आउँदैन । भरपर्दो मूल्यमा पाइने सामसङ एभो प्लस ६४ जीबी सबै फोन र ट्याब्लेटका लागि उपयुक्त छ ।

४. लेजार प्रोफेसनल २००० एक्स १२८ जीबी (Lexar Professional 2000x 128 GB)

आफ्नो राम्रो बजेटमा यदि भरपर्दो र उपयुक्त माइक्रो एसडी कार्ड खोजिरहनु भएको छ भने लेजार प्रोफेसनल २००० एक्स १२८ जीबी सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ ।

२५० डलरको खरिदमा ३०० एमबीपीएस रिड स्पिड २ यूएचएस ३ बाट मूल्याङ्कन भएका दुईवटा लेजार एसडी कार्ड पाउन सकिन्छ ।

Lexar 128GB Professional 2000x UHS-II SDXC Memory Card UHS-II V90  Read:300MB/s 843367120895 | eBay

यो माइक्रो एसडी कार्डमा १०८० पिक्सेल फुल एचडी भिडिओ, थ्रि डी र फोर के भिडिओ सहजै रेकर्ड गर्न सकिन्छ । यदि आफ्नो फोनमा भिडिओ रेकर्ड गर्न चाहनु हुन्छ भने यो माइक्रो एसडी कार्ड निकै उपयुक्त हुन सक्छ ।

५. किङ्गस्टोन क्यानभास सेलेक्ट प्लस २५६ जीबी (Kingston Canvas Select Plus 256 GB)

किङ्गस्टोन क्यानभास सेलेक्ट प्लस यूएचएस ३ कार्ड एवान रेटेड कार्ड हो । त्यसैले यो माइक्रो एसडी कार्ड स्मार्टफोनका लागि निकै नै अनुकूल हुन्छ ।

SDCS2 - 256GB: MicroSDXC memory card, 256 GB, Canvas Select Plus at  reichelt elektronik

२५६ जीबी स्टोरेज भएको यो बजेट माइक्रो एसडी कार्डले १०८० पिक्सेलका भिडिओ रेकर्डिङ सहजै सपोर्ट गर्छ । यसमा फोर के भिडिओ रेकर्डिङ सपोर्ट गर्ने राइट स्पिड नभएकाले फोर के भिडियो रेकर्ड गर्न खोज्नेहरूका लागि अनुपयुक्त छ ।

६. पिएनवाई प्रो इलाइट ५१२ जीबी (PNY Pro Elite 512 GB)

एक टेराबाइट स्टोरेज धेरै र २५६ जीबी स्टोरेज थोरै हुनेका लागि ५१२ जीबी स्टोरेज क्षमता भएको पिएनवाई प्रो इलाइट माइक्रो एसडी कार्ड निकै अनुकूल हुन सक्छ । यसमा १०० एमबीपिएस रिड स्पिड र ९० एमबीपिएस राइट स्पिड रहेको छ ।

यो माइक्रो एसडी कार्डबाट सहजै एप चल्ने भएकाले फोनमा प्रयोगकर्ताका लागि निकै उपयुक्त छ । यो यु ३ र भि ३० रेटेड माइक्रो एसडी कार्ड भएकाले यसले फोर के भिडिओ सहजै सपोर्ट गर्छ ।

यो वाटरप्रुफ, शकप्रफ र म्याग्नेट प्रुफ भएकाले एक डिभाइसबाट अर्को डिभाइसमा लगातार सारिरहँदा कुनै समस्या आउँदैन । हाल यसको मूल्य अमेजनमा ८५ डलर पर्छ ।

    ७. सामसङ प्रो प्लस ५१२ जीबी

सामसङ प्रो प्लसमा उत्कृष्ट स्पिड र उपयुक्त मूल्यका साथमा मूल्य अनुसारको क्षमता छ । यसको रिड स्पिड १६० एमबीपिएस छ भने राइट स्पिड १२० एमबीपिएसको रहेको छ ।

त्यस्तै यु ३ र भि ३० रेटेड माइक्रो एसडी कार्ड भएकाले यसले फोर के भिडिओ सहजै सपोर्ट गर्ने भएकाले डिएसएलआर क्यामेराका लागि पनि उपयुक्त हुन सक्छ ।

सामसङ फोन वा सामसङ फ्ल्यागशिपका फोन प्रयोग गर्ने प्रयोगकर्ताका लागि सामसङ प्रो प्लस उत्कृष्ट विकल्प हुन सक्छ ।

  ८. स्यानडिस्क एक्सट्रिम १ टीबी (SanDisk Extreme 1 TB)

यदि तपाईं स्टोरेजलाई बढी प्राथमिकता दिनुहुन्छ बने स्यानडिस्क एक्सट्रिम उपयुक्त विकल्प हुनसक्छ । यूएचएस ३ र भि ३० स्पिड रेटेड यो माइक्रो एसडी कार्डले फोर के भिडिओ सहजै सपोर्ट गर्छ ।

SanDisk 1TB Extreme UHS-I microSDXC Memory SDSQXA1-1T00-AN6MA

यस कार्डमा १६० एमबीपिस रिड स्पिड छ भने ९० एमबीपिएस राइट स्पिड रहेको छ । यि थुप्रै विशेषताका साथसाथै स्यानडिस्क एक्सट्रिमले एन्ड्रोइड डिभाइसको स्टोरेज क्षमतामा सबैभन्दा धेरै एट टु रेटिङ पाएको छ ।

माइक्रो एसडी कार्ड किन्नुपूर्व के के कुरामा ध्यान दिनुपर्छ ?

माइक्रो एसडी कार्ड किन्नुपूर्व धेरै कुरामा ध्यान दिनु आवश्यक हुन्छ । सबैभन्दा पहिले तपाईंले किन्न लागेको माइक्रो एसडी कार्ड तपाईंको आवश्यकता अनुसार तपाईंको फोनले सपोर्ट गर्छ या गर्दैन त्यो कुरामा ध्यान दिनुपर्छ ।

त्यसपछि त्यसको मूल्य अनुसारका विशेषता छन् या छैनन् त्यो विचार गरेर मात्र किन्नुपर्ने हुन्छ ।

एसडीएचसी र एसडीएक्ससी

एसडीएचसी (SDHC- Secure Digital High Capacity) भन्नाले उच्च क्षमता भएको सुरक्षित डिजिटल कार्ड भन्ने बुझिन्छ भने एसडीएक्ससी (SDXC-Secure Digital Extended Capacity) भन्नाले विस्तारित क्षमता सहितको सुरक्षित डिजिटल माध्यम भन्ने जनाउँछ । यी दुईमा के भिन्नता छ भन्ने प्रश्न आउन सक्छ ।

यसमा तिनीहरूले भण्डारण गर्ने डेटाबाहेक केही अन्तर छैन । एसडीएचसी कार्ड २ देखि ३२ जीबीसम्मको आकारमा पाइन्छ भने एसडीएक्ससी कार्ड ३२ जीबीदेखी २ टीबीसम्मका हुन्छन् । तर, आजका दिनसम्म सबैभन्दा बढी क्षमता भएको माइक्रो एसडी कार्ड १ टीबीसम्मको छ।

स्पिड क्लास रेटिङ

माइक्रो एसडी कार्डमा भएका एक एक अङ्क र अक्षरले धेरै ठूलो अर्थ बोकेका हुन्छन् । कार्डमा प्रिन्ट भएका केही अंकले स्पिड क्लास संकेत गर्छन् । त्यही स्पिड क्लासले माइक्रो एसडी कार्डको न्यूनतम राइट स्पिड अंकित गर्छ ।

डेटा स्पिडले कार्डमा डेटा कति छिटो सेभ हुन्छ भन्ने जनाउँछ जसलाई एमबीपीएसका रूपमा देखाइएको हुन्छ । माइक्रो एसडी कार्ड किन्नुपूर्व आफूले कस्तो डेटा राख्नुपर्ने हो भन्ने विचार गर्नु आवश्यक हुन्छ ।

हाल माइक्रो एसडी कार्ड तीनवटा क्लासमा विभाजन गरिएका छन् । स्पिड क्लास, अल्ट्रा हाइ स्पड (यूएचएस), भिडिओ स्पिड क्लास । स्पिड क्लासलाई ‘सी’, अल्ट्रा स्पिड क्लासलाई ‘यु’ र भिडिओ स्पिड क्लसलाई ‘भी’ले अंकित गरिएको हुन्छ ।

त्यस्तै विभिन्न क्लासका लागि न्यूनतम स्पिड छुट्याइएको हुन्छ बन्नेबारे जान्न तलको तालिका हेर्नुहोस् ।                                                                

क्लासन्यूनतम राइट स्पिड (एमबीपिएस)
१०१०
यूएचएस १ (UHS 1)१०
यूएचएस ३ (UHS 3)३०
भि ६ (V6)
भि१० (V10)१०
भि३० (V30)३०
भि ६० (V60)६०
भि९० (V90)९०

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३