close

नेक्सनको नयाँ ईभी, सिंगल चार्जमा ४०० किलोमिटर गुड्ने

टेकपाना टेकपाना

चैत २६, २०७८ १९:२५

नेक्सनको नयाँ ईभी, सिंगल चार्जमा ४०० किलोमिटर गुड्ने

काठमाडौं । टाटा मोटर्सले अप्रिल २० मा लामो दूरीको नेक्सन ईभी (विद्युतीय सवारी) सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ४० किलोवाट आवर (केडब्लूएच) सहितको ब्याट्री प्याक सहित ४०० किलोमिटरसम्म गुड्नसक्ने विद्युतीय सवारी सार्वजनिक गर्ने भएको हो ।

लामो दूरीको नेक्सन ईभी विद्यमान नेक्सन ईभी सँगसँगै बिक्री हुने अपेक्षा गरिएको छ, जसले ग्राहकहरूलाई फिचर र मूल्यको हिसाबले छनौट गर्ने अधिकार दिनेछ ।

नेक्सन ईभीको लामो दूरीको भर्सनको मूल्य अप्रिल २० मा नै घोषणा गरिनेछ । लामो दूरीको लागि भनेर सार्वजनिक गर्न लागिएको नेक्सन ईभीमा हालको नेक्सन ईभीको भन्दा फरक डिजाइन वा लुक्स भने हुनेछैन ।

यद्यपि यसमा सबैभन्दा ठूलो अपडेट भनेको नै यसको ब्याट्री क्षमता हो । परीक्षणको क्रममा यो गाडी एक पटकको फुल चार्जमा ४०० किलोमिटर सम्म गुडेको थियो ।

यसमा रिजेनरेटिभ ब्रेकिङ सिस्टम सँगै भेन्टिलेसन सिट, पार्क मोड, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल लगायतका फिचरहरू छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५