close

२५ सय रूपैयाँले घट्यो ह्वावे ब्यान्डको मूल्य

टेकपाना टेकपाना

बैशाख २, २०७९ १५:२७

२५ सय रूपैयाँले घट्यो ह्वावे ब्यान्डको मूल्य

काठमाडौं । नेपाली बजारमा ह्वावेको ‘ब्यान्ड ६’ को मूल्य घटेको छ । नयाँ वर्ष २०७९ को अवसरमा वैशाख १ देखि कम्पनीले याे ब्यान्डको मूल्य घटाएको हो ।

नेपाली बजारमा यसअघि ९,४९० रुपैयाँमा उपलब्ध ह्वावे ब्यान्ड सिक्स अब ६,९९० रुपैयाँ किन्न सकिन्छ ।

यो ब्यान्डमा १.४७ इन्चको एमोलेड डिस्प्ले छ । मुख्य फिचरका रूपमा यसमा वर्कआउट मोड, स्लिप ट्रयाकिङ, मुटु धड्कन ट्रयाक गर्ने लगायत छन् ।

यसमा तपाईंले आफ्नो इच्छा अनुसार ब्यान्डको फेस (डिस्प्ले) परिवर्तन गर्न सक्नुहुन्छ ।

यो ब्यान्ड चारवटा रंगमा उपलब्ध छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसको ब्याट्री दुई दिनसम्म टिक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४