close

रोमानियाबाट ईसेवा वालेटमा रकम पठाउँदा हप्तैपिच्छे १० हजार र बम्परमा १ लाख नगद जित्न सकिने

टेकपाना टेकपाना

बैशाख २, २०८१ १६:३६

रोमानियाबाट ईसेवा वालेटमा रकम पठाउँदा हप्तैपिच्छे १० हजार र बम्परमा १ लाख नगद जित्न सकिने

काठमाडौं । रोमानियाबाट नेपालमा रेमिट्यान्स पठाउँदा हप्तैपिच्छे १० हजार र बम्पर उपहारमा एक लाख रुपैयाँसम्म नगद जित्न सकिने भएको छ । ईसेवा मनी ट्रान्सफरले स्मिथ एन्ड स्मिथको साझेदारीमा ल्याएको यस्तो योजना अन्तर्गत यस्तो उपहार जित्न सकिने भएको हो ।

ईसेवा मनि ट्रान्सफरका सीईओ अजेश कोइरालाका अनुसार रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाउँदा यस्तो उपहार जित्न सकिनेछ । ​शनिवारदेखि लागू भएको यो योजना आउँदो १५ जुलाईसम्म सञ्चालन हुनेछ ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । त्यस्तै कम्पनीले १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १६:३६