close

विद्युतीय उपकरण प्रयोग नहुँदा पनि प्लग जोड्ने गर्नुहुन्छ ? यस्तो छ जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

बैशाख ३, २०७९ १९:३६

विद्युतीय उपकरण प्रयोग नहुँदा पनि प्लग जोड्ने गर्नुहुन्छ ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाडौँ । विद्युत बचाउने कुरामा सबैजना सचेत हुन्छन् । विद्युतको महसुल कम होस् भनेर प्राय हामी काम नपर्दा चार्जर झिक्छौं, टिभी, फ्रिज प्रयोगमा नहुँदा अनप्लग गर्छौं ।

तर के साँच्चै विद्युतीय उपकरण प्रयोग नहुँदा अनप्लग गरेर विद्युत बचाउन सकिन्छ त ? यो धेरै जनाको दिमागमा उब्जिने प्रश्न हो ।

इनर्जी सेभर वेबसाइटका अनुसार  विद्युतीय उपकरणहरू बन्द गरेर अन प्लग नगर्दासम्म विद्युत खपत भइराख्छ । उपकरणहरू बन्द हुँदा पनि निम्न कुराले विद्युत खपत भइरहेको हुन सक्छ ।

  • विद्युतीय उपकरणहरू बन्द हुँदा पनि कतिपय उपकरणमा बन्द रहेको देखाउने लाइट तथा डिस्प्लेले विद्युत खपत गरिरहेको हुन्छ । 
  • कम्प्युटरलाई नचलाई स्लिप मोडमा राख्दा पनि यसले चलिरहेका कामहरुलाई सेभ गरिरहन केही इनर्जी लिन्छ । यदि कम्प्युटर तथा ल्यापटपमा पावर सप्लाइ भइरहेको अवस्थामा त्यहीँबाट यसले पावर लिन्छ र विद्युत खपत बढ्न सक्छ ।
  •  केही घरायसी उपकरणहरु जस्तै फ्रिज, लुगा धुने तथा सुकाउने मसिनजस्ता उपकरणहरु सधै पावरमा जोडिराख्दा विद्युत खपत हुन्छ । अहिले केही उपकरणहरु इन्टरनेट कनेक्सन प्रयोग गर्ने खालका पनि हुन्छन् । जुन सधै अन हुँदा विद्युत खपत बढ्छ ।

संयुक्त राज्य अमेरिकाको ऊर्जा विभागको अनुसार नचाहिएको बेला पनि प्लग ईन गरिराख्दा प्लग ईन नगर्दा भन्दा पाँचदेखि १० प्रतिशतसम्म विद्युत खपत धेरै हुन्छ ।

यो सबै तपाईंले कति वटा उपकरण प्रयोग गर्नुहुन्छ र ती उपकरणकाे प्रयोग तपाईंले कसरी गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ । यदि तपाई धेरै विद्युतीय उपकरण प्रयोग गर्नुहुन्छ अनि अन प्लग गर्नु हुन्न भने विद्युत खपत पाँच देखि १० प्रतिशतभन्दा धेरै हुन सक्छ ।

कोलोराडो स्टेट युनिभर्सिटीमा गरिएको एक प्रयोगमा रेडियो, सीडी प्लेयर तथा टेप प्लेयरलाई नचलाई प्लग ईन मात्र गर्दा तिनीहरूले लगातार ४ वाट विद्युत खपत गरेको पाइयो ।

द नेचुरल रिसोर्स डिफेक्स काउन्सिलको एउटा प्रतिवेदनको अनुसार प्रयोग नभएको बेला सबैले आफ्नो विद्युतीय उपकरण अन प्लग गर्ने हो भने पनि वार्षिक करिब आठ मिलियन डलर खर्च बच्ने उल्लेख गरिएको छ ।

साथै वार्षिक करिब ६४ बिलियन किलोवाट प्रति घन्टा विद्युत बचत हुने बताइएको छ । साथै विद्युतीय उपकरण अन प्लग गर्दा पनि वार्षिक ४४ मिलियन मेट्रिक टन कार्वन डाइअक्साइड उत्सर्जनलाई रोक्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ

साथै द नेचुरल रिसोर्स डिफेक्स काउन्सिलले अनुमान गरे अनुसार सँधै विद्युतीय उपकरण अन राख्ने हो भने एउटा परिवारले विद्युतको महसुल १६५ अमेरिकन डलरसम्म बढी तिर्न पर्नसक्ने बताइएको छ ।

त्यसैले प्रयोग नभएको बेला विद्युतीय उपकरण अन प्लग गर्ने बानी बसाल्नुहोस् । प्रयोग नहुँदा बत्ती तथा पङ्खा बन्द गर्ने गर्नुहोस् । यसो गर्दा मात्र पनि तपाईंले आफ्नो पैसा तथा वातावरणलाई पनि जोगाउन सक्नुहुनेछ । साथै यसको विद्युतको अभावलाई समय केही हदसम्म गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२