close

बहुप्रतीक्षित अनर ४०० सिरिज नेपाली बजारमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

जेठ २४, २०८२ १५:४१

बहुप्रतीक्षित अनर ४०० सिरिज नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले नेपाली बजारमा आफ्नो बहुप्रतीक्षित अनर ४०० सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले यो सिरिजका तीन फाइभजी मोडेल भित्र्याएको हो ।

यसअन्तर्गत अनर ४००, अनर ४०० प्रो र अनर ४०० लाइट मोडेल रहेका छन् । यो सिरिज प्रिमियम डिजाइन, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनसहित नेपाली उपभोक्ताका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ ।

अनर ४०० र अनर ४०० प्रो फाइभजीमा २०० मेगापिक्सेलको एआई पोर्ट्रेट क्यामेरा, स्न्यापड्रागन ८ जेन थ्री प्रोसेसर, ६००० एमएएच ब्याट्री लगायतका फिचर छन् । साथै, १०० वाट चार्जिङ सपोर्टसमेत दिइएको छ । यी मोडेलमा एआई क्रिएटिभ एडिट, एचडी क्यामेरा र शक्तिशाली प्रदर्शन क्षमतासहितको सेटअप दिइएको कम्पनीले जनाएको छ ।

अनर ४०० लाइट फाइभजीमा भने १०८ मेगापिक्सेल ओआईएस मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड लेन्स, १६ एमपी सेल्फी क्यामेरा, ३ गुणा लसलेस जुम, आईपी ६५ स्प्ल्यास रेसिस्टेन्स, स्टेरियो स्पिकर लगायतका फिचर उपलब्ध छन् ।

नेपाली बजारमा यो सिरिजको अग्रिम बुकिङ खुलिसकेको छ । यसअन्तर्गत आगामी १६ जुनसम्म बुकिङ गर्ने ग्राहकले अनरका इयरबड्स, स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स, शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा लगायत पाउने बताइएको छ ।

मूल्य विवरण:

  • अनर ४०० लाइट फाइभजी: ३९,९९९ रुपैयाँ

  • अनर ४०० फाइभजी: ६७,९९९ रुपैयाँ

  • अनर ४०० प्रो फाइभजी: ८८,४८० रुपैयाँ

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १८:२८