close

आज राति टेलिकमको आईपीटिभी सेवा अवरुद्ध हुनसक्ने

टेकपाना टेकपाना

बैशाख ५, २०७९ २०:५६

आज राति टेलिकमको आईपीटिभी सेवा अवरुद्ध हुनसक्ने

काठमाडौं । आज राति नेपाल टेलिकमको आईपीटिभी सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले आज राति १२ बजेपछि सेवामा समस्या आउन सक्ने भन्दै कम्पनीले सूचना जारी गरेको हो ।

यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै कम्पनीले अग्रिम जानकारी गराएको हो । टेलिकमले एफटीटीएच केबल मार्फत इन्टरनेटसँगै टेलिफोन र आईपीटिभी सेवा समेत दिँदै आएको छ ।

टेलिकमले एनटीटिभी नामबाट गत पुस १७ देखि आईपीटिभी सेवा उपलब्ध गराउँदै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२