close

मार्क जुकरबर्गलाई रुस प्रवेशमा रोक

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १८:५९

मार्क जुकरबर्गलाई रुस प्रवेशमा रोक

काठमाडौं । रुसी सरकारले मेटाका सीईओ मार्क जुकरबर्गसहित अमेरिकाका ‘हाई प्रोफाइल’ व्यक्तिहरुलाई रुस प्रवेशमा रोक लगाएको छ ।

रुसी विदेश मन्त्रालयले एक सूचना जारी गर्दै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, बैंक अफ अमेरिकाका सीईओ ब्रायन थोमस मोयनिहान, मेटाका सीईओ जुकरबर्ग, लिंक्डइनका प्रमुख रायन रोस्लान्सकी लगायत केही पत्रकारलाई रुस प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समयमा रुसले सूचना सम्प्रेषणमा गलत प्रचार गरेको भन्दै पश्चिमा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म बन्द गरिरहेको छ । त्यस्तै विश्वका ठूला प्रविधि कम्पनीहरूले पनि रुसमाथि प्रतिबन्ध लगाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२