close

खल्तीमा पर्स बोक्नु पर्ने बाध्यताको अन्त्य गर्न गुगल वालेट एप आउँदै

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १३:४७

खल्तीमा पर्स बोक्नु पर्ने बाध्यताको अन्त्य गर्न गुगल वालेट एप आउँदै

काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गुगलले चाँडै गुगल वालेट एप सार्वजनिक गर्ने भएको छ । गुगल आई ओ २०२२ कार्यक्रममा जसको एउटा झलक देखाइएको थियो । यसलाई डिजिटल वालेटको नामबाट समेत चिन्ने गरिन्छ ।

डिजिटल वालेटले तपाईँको पुरानो वालेट अर्थात पर्सलाई नै प्रतिस्थापित गर्ने चर्चा समेत चल्न  थालेको छ । गुगल वालेट एउटा यस्तो एप हुनेछ, जुन एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि सार्वजनिक गरिनेछ ।

यसलाई अनलाइन भुक्तानीको दुनियाँमा ठूलो परिवर्तनको रुपमा समेत हेर्न थालिएको छ । गुगल वालेटमा तपाईँले आफ्नो नियमित पर्सका सम्पूर्ण आवश्यकता पूर्ति गर्न सक्नुहुनेछ ।

यसको अर्थ आगामी दिनमा गुगल वालेटले तपाईँलाई खल्तीमा पर्स राख्न जरुरी हुनेछैन । गुगल वालेटमा तपाईँको क्रेडिट, डेबिट तथा अन्य कार्डहरू रहनेछन् ।

साथै एपमा ट्रान्जिट कार्ड, भ्याक्सिन सर्टिफिकेट, फ्लाइट टिकेट, बसको टिकेट, सरकारी परिचयपत्र र कारको चाबी समेत थप गर्न सकिनेछ । कारको चाबीमा भर्चुअल रुपमा पहुँच पाउन सकिनेछ ।

साधारण शब्दमा भन्ने हो भने तपाईँले स्मार्टफोनबाटै आफ्नो कार स्टार्ट गर्न सक्नुहुनेछ । हाल प्रचलनमा रहेको गुगल पेसँगै डिजिटल वालेटको विकल्प दिइनेछ ।

तर गुगलले गुगल वालेटकै नामबाटै छुट्टै एप सार्वजनिक गर्न सकेन अनुमान समेत गरिएको छ । गुगल वालेट एउटा लक-इन वन कार्ड सोलुसन हुनेछ ।

यससँगै गुगल वालेटलाई ह्याक गर्न सकिनेछ कि छैन भन्ने प्रश्न समेत उठ्न थालेका छन् । यस बारेमा गुगलले वालेटका सम्पूर्ण डेटा इन्क्रिप्टेड हुने बताएको छ । यस्तोमा गुगल वालेटलाई ह्याक गर्न असम्भव हुनेछ ।

यद्यपि गुगलभन्दा अगावै प्रतिस्पर्धी कम्पनीले एप्पल वालेटको सुविधा सुरु गरिसकेको छ । गुगलको तर्फबाट केही देशमा डिजिटल वालेटमा गुगल पे इनबिल्ड हुनसक्ने सम्भावना समेत रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२