close

फेसबुक अकाउन्टबिना यसरी प्रयोग गर्नुहोस् मेसेन्जर

टेकपाना टेकपाना

जेठ ११, २०७९ १९:२७

फेसबुक अकाउन्टबिना यसरी प्रयोग गर्नुहोस् मेसेन्जर

काठमाडौं । कुनै बेला फेसबुक धेरैका लागि प्रिय सामाजिक सञ्जाल थियो । अरबौं मानिसले फेसबुक प्रयोग गर्थे । पछिल्लाे वर्षदेखि फेसबुकका सक्रिय प्रयोगकर्ता घटिरहेका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकलाई नयाँ स्वरूप दिने अभिप्रायले मेटाको परिकल्पना गरेका थिए । तर, कम्पनी रिब्रान्ड भएको केही महिनायता फेसबुकले लाखौं सक्रिय प्रयोगकर्ता गुमाइसकेको छ ।

अहिले फेसबुकभन्दा राम्रो सेवा दिने अन्य एप आइसकेका छन् । उदाहरणका लागि स्न्यापच्याटलाई लिन सकिन्छ । फेसबुकमा आउने राजनीतिक बहस धेरैलाई चित्त नबुझ्नसक्छ । वा फेसबुकमा धेरै समय खेर गइरहेको हुनसक्छ ।

मेसेन्जर मात्र किन प्रयोग गर्ने?

के हामी फेसबुक अकाउन्टबिना मेसेन्जर प्रयोग गर्न सक्छौं? हो, फेसबुक अकाउन्ट बिना पनि पेसबुक प्रयोग गर्न सकिन्छ । फेसबुक मेसेन्जर विश्वव्यापी रूपमा सबैभन्दा बढी प्रयोग गरिएको मेसेजिङ प्लेटफर्म हो ।

यसको निकटतम प्रतिद्वन्द्वी ह्वाट्सएप हो, जुन एउटै प्यारेन्ट कम्पनी मेटाका उत्पादन हुन् । मेसेन्जरलाई हामीले च्याट गर्न प्रयोग गरेको भएपनि त्यसका थुप्रै उपयोगिता छन् ।

तपाईंलाई यदि कुनै कम्पनीबाट केही सामान अनलाइन अर्डर गर्न पर्‍याे भने तपाईंले मेसेन्जर प्रयोग गर्न सक्नुहुन्छ । कसैलाई भ्वाइस वा भिडिओ च्याट गर्नुपर्‍यो भने तपाईंले मेसेन्जर प्रयोग गर्न सक्नुहुन्छ ।

कुनै साथीसँग अनलाइन गेम खेल्न पर्‍याे, तपाईं मेसेन्जर प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै मेसेन्जरबाटै गिफ्स फाइल, इमेज, फोटो, भिडिओ, लोकेसन आदि पठाउन सकिन्छ ।

त्यस्तै मेसेन्जरलाई ह्वाट्सएपका रूपमा पनि प्रयोग गर्न सकिन्छ । तपाईंले मेसेन्जरबाट गरेका कुराकानी निकै नै गोप्य हुन्छन् । गोप्य यस अर्थमा कि, तपाईंले गरेको मेसेजमा कुनै पनि थर्ड पार्टी एपको पहुँच हुँदैन । त्यसैले तपाईं मेसेन्जरका माध्यमबाट निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ ।

फेसबुक प्रयोग गर्न छाड्नुका पछि के के कारण हुन सक्छन् ?

फेसबुक सामाजिक सञ्जाल एपहरू मध्यको सबैभन्दा बढी चर्चित एप हो । तर, केही वर्षदेखि फेसबुकको लोकप्रियता घट्दै गएको छ । फेसबुकको विकल्पमा अन्य एपहरूले उही प्रकृतिका सेवाहरू उपलब्ध गराइरहेका छन् ।

सामाजिक सञ्जाल धेरैको अनेकौं विषयमा बहस गर्ने सार्वजनिक स्थल जस्तो भइसकेको छ । जुन केही मान्छेलाई मन नपरेको हुनसक्छ ।

त्यस्तै फेसबुकका धेरै कडा सुरक्षा नीतिहरू छन् । यदि तपाईंले त्यसका कुनै नीति अनजानमा उलङ्घन गर्नु भएको छ भने तपाईंलाई फेसबुकले निश्चित समयका लागि प्रतिबन्ध लगाइदिन सक्छ ।

यी विविध कारणले तपाईंलाई मेसेन्जर मात्र प्रयोग गर्न मन लागेको हुनसक्छ ।

मेसेन्जर मात्र कसरी प्रयोग गर्ने?

यदि तपाईं फेसबुक प्रयोग गर्नुहुन्छ । र त्यही फेसबुक अकाउन्टबाट मेसेन्जर प्रयोग गरिरहनु भएको छ । तर, तपाईंलाई फेसबुक हटाएर मेसेन्जर मात्र प्रयोग गर्न मन छ भने तपाईंले फेसबुक अकाउन्ट डिएक्टिभेट गर्न सक्नुहुन्छ । मेसेन्जर मात्र प्रयोग गर्ने हिसाबले फेसबुक डिएक्टिभेट गर्ने तरिका ।

  • सबैभन्दा पहिले फेसबुक एपमा गएर आफ्नो अकाउन्ट लगइन गर्नुहोस् ।
  • त्यसपछि दायाँपट्टि रहेको तीनवटा बारमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेटिङ एण्ड प्राइभेसीमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेटिङको अप्सन छान्नुहोस् ।
  • त्यहाँ अकाउन्ट सेक्सनमा विभिन्न अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ भएको पर्सनल एण्ड अकाउन्ट इन्फरमेसन भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अन्तिममा अकाउन्ट अनरशिप एण्ड कन्ट्रोल (Account ownership and control) भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि डिएक्टीभेसन एण्ड डिलेसन (Deactivation and delation) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ डिएक्टिभेट अकाउन्ट स्वतः छानीएको हुन्छ । तपाईंले त्यसको अन्तिममा रहेको कन्टिन्यू टु अकाउन्ट डिएक्टिभेसन (Continue to account deactivation) मा ट्याप गर्नुहोस् ।
  • तपाईंले अर्को प्रक्रियामा जान फेसबुकको पासवर्ट टाइप गर्नु पर्छ । त्यहाँ पासवर्ड टाइप गरेर कन्टिन्यु ट्याप गर्नुहोस् ।
  • त्यसपछि तपाईंले आफूले फेसबुक डिएक्टिभेट गर्न लागेको कुनै एक कारणमा ट्याप गर्नु पर्ने हुन्छ । त्यसपछि कन्टिन्युमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ तपाईंले फेसबुक अकाउन्ट डिएक्टिभेट गरे पनि मेसेन्जरबाट मेसेन्जर अकाउन्ट डिएक्टिभेट नगरेसम्म मेसेन्जर अकाउन्ट एक्टिभेट रहिरहन्छ भन्ने कुराको जानकारी राखेको देख्न सक्नुहुन्छ । त्यसपछि अन्तिम डिएक्टिभेट माई अकान्टमा ट्याप गर्नुभयो बने तपाईंको अकाउन्ट डिएक्टिभेट हुन्छ ।
  • त्यसपछि तपाईमले सोही इमेल र पासवर्ष प्रयोग गरी मेसेन्जरमा लगिन गर्न सक्नुहुन्छ । त्यसले तपाईंलको फेसबुक अकाउन्टमा केही फरक पार्दैन । तपाईंलाई पुनः फेसबुक एक्टिबेट गर्न पर्‍यो भने तपाईंले फेसबुकमा लगिन गरेर अकाउन्ट एक्टिभेट गर्न सक्नुहुन्छ ।

यदि तपाईंको फेसबुक अकाउन्ट छेन भने पनि तपाईंले म्यासेन्जर अकाउन्ट् बनाएर म्यासेन्जर प्रयोग गर्न सक्नुहुन्छ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२