close

नेट टिभी बन्यो एन्ड्रोइड टिभीको ‘ग्लोबल पार्टनर’ हुने पहिलो नेपाली सेवाप्रदायक

टेकपाना टेकपाना

जेठ १२, २०७९ २०:५४

नेट टिभी बन्यो एन्ड्रोइड टिभीको ‘ग्लोबल पार्टनर’ हुने पहिलो नेपाली सेवाप्रदायक

काठमाडौं । एन्ड्रोइड टिभीको ग्लोबल पार्टनरमा नेपालको आईपी टिभी नेट टिभी समावेश भएको छ । एन्ड्रोइडले विश्वका विभिन्न ठाउँबाट उत्कृष्ट सेवा उपलब्ध गराउने टिभी तथा स्ट्रिमिङ डिभाइसका ब्राण्डहरूलाई आफ्नो ग्लोबल पार्टनरमा समावेश गर्दै आएको छ ।

यसमा समावेश भएका टिभी सेवा प्रदायकहरूले आफ्नो सेवा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर पाउने नेट टिभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले बताए । एन्ड्रोइडको ग्लोबल टिभी पार्टनरमा समावेश हुने नेट टिभी नेपालको पहिलो टिभी सेवा प्रदायक हो ।

एन्ड्रोइडको ग्लोबल टिभी पार्टनरमा समावेश भइसकेका सेवा प्रदायकलाई एन्ड्रोइडले विभिन्न तरिकाका सेवा उपलब्ध गराउने गर्दछ । यसबाट नेट टिभीले आफ्नो सेवा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न पाउँछन् ।

एन्ड्रोइडले आफ्ना ग्लोबल टिभी तथा स्ट्रिमिङ पार्टनरहरूलाई व्यापार अगाडि बढाउन सीपलाई निखारता दिने, उनीहरूको स्रोतमा पहुँच दिने र आवश्यक सल्लाह दिने काम गर्दछ । आफ्नो ग्लोबल पार्टनरमा समावेश विभिन्न सेवा प्रदायकलाई एन्ड्रोइडले पार्टनर पोर्टलमा राख्नेछ ।

जसको माध्यमबाट सेवा प्रदायकले विभिन्न तालिमका कार्यक्रममा सहभागी हुन, नवीनतम् समाचारहरू पढ्न र बजारीकरण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी पाउँछन् । यस्ता सेवा प्रदायकले आफूमा आइपरेका समस्या समाधानका लागि अनलाइन फोरमसँग छलफल, समाधानका उपायबारे चर्चा गर्न र आपसी सहयोग लेनदेन गर्न सक्छन् ।

एन्ड्रोइड विश्व प्रसिद्ध ब्रान्ड भएको र यसमा समावेश हुन पाउनु प्रतिष्ठाको विषय भएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२