close

विद्यार्थीका लागि पठाओको ‘पढ्दै-कमाउँदै’ योजना, निःशुल्क दर्ता गरी राइडर बन्न सकिने

टेकपाना टेकपाना

असार ८, २०७९ ११:२७

विद्यार्थीका लागि पठाओको ‘पढ्दै-कमाउँदै’ योजना, निःशुल्क दर्ता गरी राइडर बन्न सकिने

काठमाडौं । राइड शेयरिङ एप पठाओले विद्यार्थीका लागि ‘पढ्दै, कमाउँदै’ योजना ल्याएको छ । असार १ देखि सुरू भएकाे याे याेजना अन्तर्गत दुई-पाङ्ग्रे सवारी साधन र सवारी चालक अनुमतिपत्र भएका विद्यार्थी निःशुल्क पठाओ राइडर बन्न सक्नेछन् ।

‘विद्यार्थीहरूलाई पढ्दै-कमाउँदै, आत्मनिर्भर बनाउने उद्देश्यका साथ हामीले याे याेजना सञ्चालनमा ल्याएका हाैं । यस अभियान अन्तर्गत विद्यार्थीहरूलाई राइडर बन्न कुनै शुल्क लाग्ने छैन ।’

अन्य व्यक्तिले पठाओको राइडर बन्न सबैभन्दा पहिले दर्ता शुल्क स्वरूप २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस अभियानमा जोडिन चाहने विद्यार्थीले ब्लुबुक भएको दुईपाङ्ग्रे सवारी साधन, आफूले अध्ययन गरिरहेको शैक्षिक संस्थाले जारी गरेको परिचय पत्र लगेर पठाओको कार्यलयमा गई दर्ता गराउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३