close

‘नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ’

टेकपाना टेकपाना

असार १०, २०७९ ९:४

‘नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ’

विलियम झाङ/-

आईसीटीको विकासबाट निर्देशित अर्को औद्योगिक क्रान्ति हामीमाझ आइसकेको छ । तर, यो क्रान्ति ‘ग्रीन रिभोलुसन’ अर्थात् हरित क्रान्ति हुनेछ । जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रविन्दु हुनेछ ।

महामारीपछि खस्केको अर्थतन्त्रलाई डिजिटल अर्थतन्त्रले सुधार्दै लग्नेछ । २०२० मा विश्वको जीडीपी (कूल ग्राह्यस्थ उत्पादन) २.८ प्रतिशतले घटेको थियो । तर, आईसीटीको लगानी पाँच प्रतिशतले बढेको छ । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ ।

आईसीटी उद्योगसँग सम्बन्धित भएकाले यो हाम्रा लागि रोमाञ्चक समय हो । नेपालमा हरेक व्यक्ति, घर र संस्थामा डिजिटाइज गर्ने लक्ष्यका साथ आईसीटी पूर्वाधार र स्मार्ट डिभाइसहरूको मुख्य प्रदायकको रूपमा ह्वावे नवीनतम प्रविधिहरू नेपालमा ल्याउन प्रतिबद्ध रहेको छ ।

फाइभजी, एफफाइभजी, आईओटी (इन्टरनेट अफ थिङ्स), क्लाउड र एआईद्वारा सञ्चालित हुने कनेक्टिभिटी र कम्प्युटिङ, डिजिटल अर्थतन्त्रको जग हुनेछ ।

हामी नेपाली बजारमा यी प्रगति ल्याउन सकिने सम्भावनाले उत्साहित छौं । हामीले ब्रोडब्यान्ड कनेक्टिभिटी, डेटा सेन्टर, क्लाउड तथा कम्प्युटिङ र हाम्रो ग्लोबल शाेध तथा विकास (R&D) टोलीले विश्वसामु प्रस्तुत गर्दै आएका हरेक नयाँ इनोभेसनको माध्यमबाट नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्न सबै आईसीटी सरोकारवालाहरूसँग साझेदारी गर्ने लक्ष्य राखेका छौं ।

डेटा, विश्वको सबैभन्दा मूल्यवान स्रोत बन्ने बित्तिकै स्थानीयकरण (कुनै कुरालाई आफ्नै स्थान अनुसारको बनाउने क्रियाकलाप)  एक नयाँ प्रवृत्ति भएको छ ।

नेपालले पनि सीमापार सूचना प्रवाह तथा डेटा सुरक्षा र डेटा गोपनीयतामा विशेष ध्यान केन्द्रित गर्ने डेटा उद्योग नीति तथा रणनीति लागू गर्ने कुरामा हामी आशावादी छौँ ।

नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर हुनु अहिलेको आवश्यकता हो । नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण गर्न मात्रै नभई डिजिटल नेपालको जगका रूपमा काम गर्न र एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन पनि यो निकै आवश्यक छ ।

आईसीटी उद्योगलाई अपनाएर त्यसलाई पूर्ण रूपमा अँगाले मात्र लो-कार्बन र दिगो समाजको कल्पना गर्न सकिन्छ । विदेशमा रहेका आफन्तहरूसँग भिडिओ कल गर्न होस्, अनलाइनका माध्यमबाट केही सिक्न होस् वा मोबाइल भुक्तानीका लागि होस् नेपालका दुर्गम कुनामा पनि ब्रोडब्यान्ड कनेक्टिभिटी अत्यावश्यक भइसकेको छ ।

डिजिटल कनेक्टिभिटीले व्यक्ति, साना व्यवसाय र उद्योगहरूलाई सशक्त बनाउँदैछ । नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ । तर त्यसका लागि नेपालका हरेक दुर्गम कुना पनि डिजिटल कनेक्टिभिटी जोडिनुपर्छ । साथै सेवाको गुणस्तरमा सम्झौता गर्न सकिँदैन ।

म नेपालका नीतिनिर्माताहरुको भिजनमा विश्वास गर्छु । मलाई नेपालका युवाहरूको प्रतिभा र सीपमा ठूलो विश्वास छ । आज भइरहेको हाम्रो ‘लाइटिङ अप द फ्युचर’ प्रदर्शनीमा हामी जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने समाधानहरू खोजिरहेका छौं ।

हाम्रो आईसीटी प्रविधिले संसारलाई अझ हरित र थप दिगो स्थान बनाउन कसरी मद्दत गरिरहेको छ भन्ने कुरा खुलाउन पाउँदा हामी धेरै खुसी छौं । मेरा सहकर्मीहरू प्रदर्शनीमा हुवावेका पछिल्लो सबै प्रविधिका व्यवहारिक एप्लिकेसनहरू प्रदर्शन गर्दै तपाईंका जिज्ञासा मेटाउन प्रयास गर्नुहुनेछ ।

अन्तमा, म के भन्न चाहन्छु भने ह्वावे ‘नेपालमा, नेपालका लागि’ हो र सबै तीन करोड नेपाली नागरिकहरूलाई सेवा दिन तयार छ । हामी एकजुट भई भविष्य उज्यालो पार्न सक्छौं । धन्यवाद ।

(ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ मा ह्वावे नेपालका सीईओ विलियम झाङले दिएको मन्तव्य)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३