close

तीन दिनसम्म ब्याट्री टिक्ने नोकिया स्मार्टफोन नेपाली बजारमा

सुसन चापागाईं सुसन चापागाईं

असार २३, २०७९ १७:४९

तीन दिनसम्म ब्याट्री टिक्ने नोकिया स्मार्टफोन नेपाली बजारमा

काठमाडाैं । यदि तपाईंसँग नोकिया बारफोन चलाएको अनुभव छ भने लामाे समयसम्म ब्याट्री टिकेकाे अनुभव पनि गर्नुभयाे हाेला । मेरो हातमा रहेको नाेकिया जी२१ स्मार्टफोन पनि ब्याट्री धेरै टिक्ने फोनमा नै पर्छ ।

साथमा यो स्मार्टफोनको पर्फर्मेन्स, क्यामेरा, स्टोरेज, डिस्प्ले के कस्तो छ त ? आज म यो फोन रिभ्युमार्फत सम्पूर्ण जानकारी दिँदैछु ।

बारफोनको जमानामा एकछत्र राज गरेको नोकिया, स्मार्टफोन बोक्ने पुस्ताको आकर्षण बन्न खासै सकिरहेको छैन ।

यद्यपि नयाँ पुस्तालाई लक्षित गरेर ल्याइएको जी२१ बजेट अनुसार अब्बल नै देखिन्छ । नोकियाले सिक्स, सेभेन, एट, नाइन, सी सिरिज हुँदै जी२० सम्म आइपुग्दा नोकियाले पुरानो पहिचान फर्काउन सकेको छैन ।

तर नोकिया जी सिरिजकै जी२१ को डिजाइन, लुक्स र पर्फर्मेन्स हेर्दा भने थोरै आशा गर्ने ठाउँ देखिन्छ ।

६ जीबी र्‍याम र १२८ स्टोरेज भएको यो फोनमा युनिसक चिपसेटको अक्टाकोर प्रोसेसर रहेको छ । अक्टाकोर प्रोसेसर भएको हुनाले मल्टिटास्किङ सजिलो र छिटो हुन्छ ।

अर्थात् वेब ब्राउजिङ्गमा आर्टिकल हेर्दै गर्दा सोसल मिडिया पनि चलाउन सकिन्छ । क्वाडकाेरभन्दा पक्कै पनि याे फास्ट हुन्छ ।

मेरो व्यक्तिगत अनुभवमा पनि नतिजा राम्रै पाएँ । गिकबेन्चमा टेस्ट गर्दा सिंगल कोरम ३०५ र मल्टिकोरमा १२०६ स्काेर आएको थियो ।

लुक्समा जाँदा यसको ब्याक प्यानल प्लास्टिकको छ । फोन हातबाट खस्ने सम्भावना कम हुन्छ । जी२० मा भएको राउन्डेड क्यामेराले फोनलाइ अल्लि नराम्राे बनाएको थियो ।

तर जी२१ मा भएको राउन्डेड रेक्टेङ्गुलर क्यामेराले डिजाइनलाई राम्रै देखाउँछ । दाहिने साइडमा भाेल्युम बटन र पावर बटन छ ।  पावर बटनमा फिङ्गरप्रिट सेन्सर पनि छ ।

अरु स्मार्टफोनको भन्दा यसको फिङ्गर प्रिन्ट सेन्सर राम्रै लाग्यो । त्यस्तै फाेनकाे तल टाइप-सी पाेर्ट, स्पिकर ट्रेसँगै माइक्राेफाेन छ । साउन्डको कुरा गर्नुपर्दा त्यस्तो लाउडचाहिँ छैन । तर क्वालिटी नै छ ।

त्यस्तै लेफ्ट साइडमा गुगल असिस्टेन्टका लागि बटन दिइएको छ । फाेनकाे टपमा अडियो ज्याक पट र एउटा माइक्रोफोन छ ।

1600*720 HD resolution 6.5″ IPS LCD डिस्प्लेमा 6.5” ko IPS LCD panel रहेको छ । यसले ९० हर्जको रिफ्रेस रेट सपाेर्ट गर्छ ।

एडाप्टिभ रिफ्रेस रेटले आवश्यकता अनुसार ६० हर्जमा झार्छ । ब्राइटनेस ४०० निट्समात्र छ । अब क्यामेराकाे कुरा गराैं । ५० मेगापिक्सेलकाे मुख्य क्यामेरासँगै २/२ मेगापिक्सेलको डेप्थ सेन्सर र म्याक्राे सेन्सर रहेकाे छ ।

फाेटाेहरू दिनमा राम्रै क्वालिटीको पाइयो । जी२० मा भएको अल्ट्रा वाइड जी२१ मा भने छैन । जब कि यो रेञ्जको सबै फोनमा अल्ट्रावाइड क्यामेरा सामान्य हाे । 

सानो सानो डिटेल्स खिच्नको लागि म्याक्राे छ, जसले अब्जेक्टलाई ४ सेन्टिमिटरसम्म टाढा राखेर क्याप्चर गर्दा डिटेल्ड इमेज नै दिन्छ । तर रेजाेलुसन कम भएकाले लाइट कम हुँदा फोटोमा न्वाइजहरु देखिन्छन् ।

नाइट मोड फोटोजहरु भने अल्लि बढी शार्प पाएँ । पछि जुम गरेर हेर्दा फाेटाे ब्लर देखिन्छ । त्यस्तै फ्रन्टमा रहेको ८ मेगापिक्सेलको क्यामेराले भने राम्रै सेल्फी लिन्छ ।

भिडिओ क्याप्चर गर्दा पनि उस्तै अनुभव रह्यो । यसबाट फाेरके भिडिओ क्याप्चर गर्न सकिँदैन । जी२० सिरिजभन्दा एडभान्स्ड नै भए पनि जी२१ को क्यामेरा फिचरले चाहिँ अहिलेको बजारकाे आवश्यकता पूर्ति गर्न सक्दैन ।

नोकिया जी२१ सिरिजको ब्याट्री ब्याकअप भने अत्ति नै बेस्ट छ । मैले फुल चार्ज गरेर एक घण्टा गेम खेल्दा जम्मा ७ प्रतिशतले घटेको थियो । लगातार खेम खेल्दा पनि ८ घण्टासम्म टिक्छ ।

सामान्य प्रयाेगका लागि हो भने त दुई देखि तीन दिनसम्म आरामले  काम दिन्छ । १८ वाटसम्म सपोर्ट गर्ने भए पनि कम्पनिले भने जम्मा १० वाटको चार्जर प्रदान गर्छ, जुन चार्ज हुन करिब तीन घण्टा लाग्छ ।

पब्जी माेबाइल एचडी ग्राफिक्समा खेल्दा ल्याग नभई मज्जाले चलेकाे थियाे । त्यस्तै  Asphalt-9 खेल्दा पनि राम्राे अनुभव थियाे । फाेन त्यति धेरै तातेकाे थिएन ।

ब्याट्री ब्याकअप त राम्रै छ । यसमा ६ जीबी र्‍याम छ । पब्जी फुल एचडी सेटिङमा खेल्दा पनि पर्फर्मेन्स राम्राे थियाे । जीपीयूमा अन्डरपावर्ड चिपसेट भएपनि गेम ल्याग हुने समस्या भने खासै फचे गर्नु परेन । नर्मल गेमिङका लागि राम्रै छ ।

याे फाेनमा दुई वर्षसम्मकाे अपरेटिङ सिस्टम ग्यारेन्टी दिइएकाे छ । अर्थात् एन्ड्राेइड ११ मा चल्ने यो फोन एन्ड्राेइड १३ सम्म निःशुल्क अपडेट हुन्छ । साथै यसले ३६ सेक्युरिटी अपडेट प्रदान गर्छ ।

नोकियाको इन्ट्री लेभल बजेट फाेन जी२१ मा अरु फोनभन्दा भिन्न त खासै केही छैन । तैपनि मार्केटमा यही रेञ्जमा भएका स्मार्टफोनभन्दा त्यस्तो कम पनि छैन ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३