close

महाराजगञ्जमा महिला कर्मचारी मात्रै रहेको एनसेल सेन्टर, रिचार्जमा ४० प्रतिशत बोनस दिइँदै

टेकपाना टेकपाना

असार ३०, २०७९ १९:५७

महाराजगञ्जमा महिला कर्मचारी मात्रै रहेको एनसेल सेन्टर, रिचार्जमा ४० प्रतिशत बोनस दिइँदै

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण रूपमा महिला कर्मचारी मात्र रहेको एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । महिला कर्मचारीले व्यवस्थापन तथा सञ्चालन गरिएको यो एनसेल सेन्टरको सुरुवातले नेपाली समाजमा समानताको हिसाबले महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।

एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण भएको बताइएको छ । “यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीईआई) मिसन अनुरूप रहेको छ, जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढता पूर्वक प्रोत्साहन गर्दछ,” कम्पनीले भनेको छ ।

एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले  काठमाडौंको मुटु महाराजगञ्जमा सम्पूर्ण रूपमा महिला कर्मचारीले व्यवस्थापन गरेको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा आफूहरू हर्षित भएको बताए ।

“यो कदमले एनसेलको विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्त्व राख्दछ,” उनले भने, “कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सहयोग प्रदान गर्नेछ ।”

यसैगरी एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल यस अघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरूको सहभागिता रहने गरेको बताइन् ।

“विगत ३/४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरू भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिप्रेक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ,” उनले भनिन् । 

महिला कर्मचारीबाट सञ्चालित एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाको बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्नेछन् ।

यसैगरी ग्राहकहरूले यो सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयूजी नम्बरमा आवश्यक फेरबदल गर्न, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ सुरु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज तथा ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवा समेत प्राप्त गर्न सक्नेछन् । 

एनसेल सेन्टर सञ्चालनमा आएको अवसरमा त्यहाँ पुग्ने ग्राहकका लागि एक हप्ताको विषेश अफर पनि रहेको छ  र जसअन्तर्गत सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । सेन्टरबाट गरिने प्रत्येक ५० रुपैयाँको रिचार्ज बराबर २० रुपैयाँको रिचार्ज कार्ड बोनमा पाउनेछन् ।

यसको अर्थ १०० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको दुई ओटा रिचार्ज कार्ड बोनसमा पाउनेछन् । त्यस्तै २०० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँका चार ओटा रिचार्ज कार्ड बोनस स्वरूप पाउने बताइएको छ । यसैगरी 

५०० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले २० को १० ओटा रिचार्ज कार्ड बोनसमा हात पार्ने छन् । यो एनसेल सेन्टर हप्ताको सातै दिन बिहान ९ः३० बजेदेखि साँझ ६ बजे सम्म खुल्नेछ । कम्पनीले देशभर ३१ ओटा एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३