close

विश्वभर गुगल डाउन !

टेकपाना टेकपाना

साउन २४, २०७९ १०:३९

विश्वभर गुगल डाउन !

काठमाडौं । सर्च इन्जिन जायन्ट गुगल मंगलबार विश्वभर डाउन भएको छ । डाउन डिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताले गुगल डाउन भएको भन्दै रिपोर्ट गरेका छन् ।

प्लेटफर्मका अनुसार नेपाली समयअनुसार बिहान करिब ७ बजे गुगल डाउन भएको थियो ।

यो समयमा गुगल अन्तर्गतका जीमेल, गुगल म्याप्स, गुगल इमेज लगायतका प्लेटफर्ममा समस्या आएको थियो । यो विषयमा ४ हजारभन्दा बढी प्रयोगकर्ताले रिपोर्ट गरेको पाइएको छ ।

त्यस्तै नेटवर्क इन्टिलिजेन्स कम्पनी थाउजेन्डआई इन्कले गुगल डाउन हुँदा विश्वका ४० देशका एक हजार ३३८ ओटा सर्भरमा असर परेको जनाएको छ, जसमा अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, इजरायल, दक्षिण अमेरिकाका केही भाग, युरोप र एसियामा चीन र जापानमा समेत प्रभाव परेको उल्लेख छ ।

प्रयोगकर्ताका अनुसार गुगल सर्च इन्जिनमा सर्च गर्दा ५०२ र ५०० इरर देखाएको थियो । भने, कतिपय प्रयोगकर्तालाई ३० सेकेण्डपछि पुनः प्रयोग गर्न आग्रह गरिएको थियो ।

यो समस्या बिङ, डकडक गो लगायतका वेब ब्राउजरमा समेत देखिएको छ । गुगल आउटेज भएको विषयमा गुगल आफैँले भने हालसम्म कुनै जानकारी दिएको छैन ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३