ट्रेन्डिङ:
कस्तो छ नेपालकै सस्तो मूल्यको इन्टरनेट ? नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! बिग डिजिटलको दशैं अफर, पुरानो मोबाइलसँग नयाँ सामान साट्न पाइने यसरी हटाउनुहोस् फेसबुक र गुगलमा फोटो मेमोरी युट्युवलाई नै शपिङ हब बनाउँदै गुगल यसरी जन्मियो ‘युनिकोड’ नेपाली बजारमा आईडीपी कार्ड प्रिन्टर, सबै किसिमका परिचयपत्र गुणस्तरीय र छिटो प्रिन्ट गर्न सकिने आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल साइबर सेक्युरिटी सम्बन्धी अन्तराष्ट्रियस्तरको वेबिनार सुरु, यसरी हुनुहोस् सहभागी नेपालमा फाइभजीका लागि फ्रिक्वेन्सी तय, प्राधिकरण बोर्डले गर्‍यो स्वीकृत
close

कस्तो छ नेपालकै सस्तो मूल्यको इन्टरनेट ?

टेकपाना टेकपाना

साउन ३१, २०७९

कस्तो छ नेपालकै सस्तो मूल्यको इन्टरनेट ?

काठमाडौं । नयाँ इन्टरनेट सेवा प्रदायकका रुपमा दुई महिनाअघि सुरु भएको ‘वाई-फाई नेपाल’ अहिले सेवा विस्तारमा अग्रसर भइरहेको छ । इन्टरनेट स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला यो कम्पनीले सबैभन्दा सस्तो प्याकेज ल्याएको छ ।

यसअन्तर्गत ३० र ५० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराइएको छ । वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यसैगरी ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपैयाँमा र छ महिने प्याकेज २१०० रुपैयाँमै पाउन सकिनेछ भने ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५०० रुपैयाँ र छ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ पर्नेछ ।

एक महिनाको मात्र शुल्क तिरेको हकमा भने ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याटबाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याटबाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

आज हामी वाईफाई नेपालको इन्टरनेट कस्तो छ भनेर यस भिडिओमार्फत चर्चा गर्दैछौं ।