close

पठाओको ४ वर्ष पूरा, राइड सेवादेखि अनलाइन फुड डेलिभरीसम्म

टेकपाना टेकपाना

असोज ८, २०७९ १४:३३

पठाओको ४ वर्ष पूरा, राइड सेवादेखि अनलाइन फुड डेलिभरीसम्म

काठमाडौं ।  राइड हेलिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्रा ४ वर्ष पूरा भएको छ ।

पठाओले २५ सेप्टेम्बर २०१८ देखि पहिलो पटक बाइक हेलिङका लागि आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो ।

आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । अहिले राजधानीका ५० प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातको दाबी छ ।

राइड सेवा सुरू गरेको दुई वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरू गरेको थियो ।

राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमा सुविधासमेत ल्याएको छ ।

प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेको र दैनिक हजारौं राइडर क्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेको कम्पनीको भनाइ छ ।

कम्पनीले गत वर्षदेखि 'पठाओ बजार' पनि सुरू गरेको छ । कम्पनीका अनुसार सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी 'पठाओ बजार' सुरू गरिएको हाे ।

यसैबीच पठाओले चितवनमा पनि आजबाट अटो र बाइकमा पठाओ सेवा सुरु भएको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १४:३७