close

गाडीबाट निस्किने उत्सर्जन कम गर्न अमेरिका र भारत सहकार्य गर्दै

टेकपाना टेकपाना

असोज १५, २०७९ १०:५०

गाडीबाट निस्किने उत्सर्जन कम गर्न अमेरिका र भारत सहकार्य गर्दै

काठमाडौं । गाडीबाट उत्पन्न हुने उत्सर्जनलाई कम गर्न भारत र अमेरिका सँगै काम गर्ने भएका छन् । त्यसका लागि भारत र अमेरिकाको क्यालिफोर्निया राज्यबीच सम्झौता हुने भएको हो । सुन्य–उत्सर्जनका लागि आवश्यक अध्ययन अनुसन्धान गरिने बताइएको छ ।

विद्युतिय गाडीको उत्पादनलाई प्रोत्साहन गर्न र जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नका लागि पनि यो खालको सहकार्य भएको जनाइएको छ । अमेरिकाको क्लालिफोर्नियाको जिरो इमिसन भेइकल(जेडईभी) नीतिलाई विश्वकै सबैभन्दा प्रभावकारी नीतिको रुपमा चिनिन्छ ।

उक्त नीतिले सन् २०३५ सम्म सत प्रतिशत जेजईभी कार्यान्वयनमा ल्याउने लक्ष्य लिएको छ । यस्तोमा भारतले पनि क्यालिफोर्नियासँग आवश्यक नीतिगत व्यवस्थाका लागि सहकार्यका गरेको हो । त्यो सँगै युनिभर्सिटी अफ क्यालिफोर्निया अन्तर्गत ‘इन्डिया जेडईभी रिसर्च सेन्टर’ खडा गरिएको जनाइएको छ ।

यो सहकार्यले विद्युतिय गाडीको बजार विस्तारका साथै औद्योगिक विकासका लागि आवश्यक सहयोग गर्ने जनाइएको छ ।


 

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ १०:५६